देउवाको जिल्लामा देशकै कान्छा तरुण दल अध्यक्ष बने बोहरा

Image

डडेल्धुरा । नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा देशकै कान्छा करन बोहरा तरुण दलका अध्यक्ष बनेका छन । काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले डडेल्धुरामा युवा नेतृत्वको सशक्त संकेतस्वरूप बोहरालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । बोहरा देशकै कान्छा तरुण दल जिल्ला अध्यक्षमध्ये एक मानिन्छन् । तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले उनलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन ।

बोहराको जन्म वि.सं. २०५३ साल फाल्गुन ११ गते डडेल्धुराको अमरगढी नगरपालिका ११ मा भएको हो । उनी सानै उमेरदेखि राजनीतिमा गहिरो चासो राख्थे । उनले २०७८ सालदेखि सक्रिय राजनीति सुरु गरेको थिए । सक्रिय राजनितिसंगै उनी सामाजिक गतिबिधिमा अग्रसर हुदै आएका छन । समाजको लागि केही राम्रो गरौँ भन्ने चाहनाले नै राजनीतिमा सक्रिय बनेको उनले बताए ।

विभिन्न स्थानीय विकासका पहलहरू, युवामुखी कार्यक्रमहरू र दुर्गम क्षेत्रका समस्याहरू समाधान गर्न उनी निरन्तर लागिरहेका छन् । यसै आधारमा स्थानीय तहदेखि तरुण दलको केन्द्रसम्म उनको सक्रियता पहिचान बनिरहेको छ ।

अध्यक्ष नियुक्ति पश्चात् आफ्नो प्रतिक्रिया दिँदै उनले भने, डडेल्धुराको समृद्धिका लागि म प्रतिबद्ध छु । यो जिम्मेवारीले मलाई थप प्रेरणा दिएको छ । विशेषगरी युवामुखी कार्यक्रम र क्षमता विकासलाई प्राथमिकता दिनेछु ।

अबको लक्ष्य जिल्लामा युवाको नेतृत्वदायी भूमिकामा सक्रिय बनाउनु र युवाहरूलाई अवसरकासाथ राजनीतिक रूपमा सक्षम बनाउनु रहेको उनले बताए ।

डडेल्धुराका युवाहरूले करन बोहरालाई युवा आवाजको प्रतिनिधिको रूपमा हेरेका छन् । धेरैले उनको नेतृत्वमा जिल्लामा नयाँ विचार र ऊर्जाको प्रवाह हुने विश्वास व्यक्त गरेका छन् ।