डडेल्धुरा । जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जेठ ६ र ७ गते संचालन हुने भएको छ । १५औँ राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ जेठ ६ र ७ गते संचाल गर्ने निर्णय जिल्ला खेलकुद समितिले गरेको छ ।
जिल्ला सदरमुकाम तल्लो खलंगा स्थित खेलकुद समितिको कार्यालय टुडिखेलको खेल मैदानमा प्रतियिोगिता संचालन गरिने जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बर थापाले बताए ।
जिल्लाका सात वटै पालिकाहरुलाई टिम सहभागिता गराउन हुन आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार स्थानीयतह स्तरिय सम्पन्न प्रतिवेदन, खेलाडीहरुको नाम दर्ता फाराम र जन्म दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु जेठ २ गते दिउसो ३ बजेभित्र कार्यालमा पठाउनका लागि पत्राचार गरिएको छ ।












