गैसस महासंघ डडेल्धुराको अध्यक्षमा दोहरिए शिवराज पाठक

Image

डडेल्धुरा । गैर सरकारी संस्था महासंघ डडेल्धुराको अध्यक्षमा शिवराज पाठक पुनः सर्वसम्मत  निर्वाचित भएका छन् । अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै विभिन्न पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ ।

निर्वाचित कार्यसमिति अनुसार रमेश ठगुन्ना उपाध्यक्ष, सुनिता गैरे सचिव, देवकी कुमारी जाेशी उप–सचिव तथा अमरबहादुर साउद कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी अम्बिका जोशी, ममता भट्ट (माधवी), गणेश प्रसाद अवस्थी, राम बहादुर खत्री र खगेन्द्र भट्टराई सदस्यमा चयन भएका छन् ।

महासंघले समितिको गठनसँगै आगामी कार्यकालका लागि सामाजिक सेवा क्षेत्रको प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।