डडेल्धुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार उल्टो बाटोमा हिडेको बताएका छन । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटन गर्न बैतडीको पाटन जानु अघि प्रेस सेन्टर नेपालले शुक्रबार डडेल्धुरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार उल्टो बाटोमा हिडेको भए पनि ढाल्ने तर्फ आफ्नो पार्टीको ध्यान नभएको उनले बताए ।
अहिले हाम्रो ध्यान सरकार तिर, सरकार ढलाउने वा बनाउने तिर छैन । यद्धपि हामिलाई चिन्ता छ । उनले भने, सरकार गलत बाटो तिर हिडि राखेको छ । सरकार हामिले सुरु गरेका शुसान भत्काउन तिर लागेको छ । राम्रो काम गर्नेलाई दण्डित गर्दैछ । नराम्रो काम गर्नेलाई पुरस्कृत गदै छ र उल्टो बाटोमा हिडेको छ । यस प्रति माओवादी पार्टी चिन्तित भएको उनले बताए ।
प्रचण्डले सुदूरपश्चिमको विकासका लागि माओवादीले प्राथमिकता दिएको बताएका छन । उनले विश्वविद्यालय, सुक्खा बन्दरगाह, मध्यपहाडी लोकमार्गलागयतका थुप्रै भौतिक पूर्वाधारका संरचनाहरु आफ्नो पार्टीको नेतृत्वमा अगाडी बढाइएको बताए ।
उनले सबै पार्टीका नेता विकासका योजना ल्याउन र काम गर्न नसक्ने बताए । नेकपा माओवादी केन्द्र त्यस्तो पार्टी हो । जसले सरकारको नेतृत्व गर्दा सबभन्दा धेरै प्राथमिकता सुदूरपश्चिमलाई दियो । उनले भने, तथ्यांकमा यथार्थमा हेर्नु भयो भने म पहिलो पटक प्रधानमन्त्री हुदा कुनै प्रदेशमा सबैभन्दा बढी भ्रमण गरेको छु भने त्यो सुदूरपश्चिम नै हो । शिक्षाको क्षेत्रमा, भौतिक पूर्वाधारको क्षेत्रमा र अन्य क्षेत्रमा पनि सबभन्दा बढी जोड गरियो भने सुदूरपश्चिम नै हो । एउटा मान्यताद्धारा प्रेरित भएर नै मैले र हाम्रो पार्टीले सुदूरपश्चिमलाई विकास नगरेसम्म नेपालमा समता मुलक विकास हुन सक्दैन । समग्र विकास हुनै सक्दैन भन्ने मान्यताबाट ।
सुदूरपश्चिम विश्वविद्यालय स्थापना माओवादी पार्टी र आफुले गरेको उल्लखे गर्दै उनले विश्वविद्यालयको स्थापना पछि थुप्रै कलेजहरु बनेको बताए । म विभिन्न कलेजहरुको शिलान्यास, उद्घाटन गर्न पुगेको छु । उनले भने, अहिले दोधारा चाँदनीमा सुक्खा बन्दरगाहा कसको कारणले भयो भनेर हेर्नुभयो भने । सेती करिडोरदेखि तमाम भौतिक पूर्वाधारका कुराहरु हेर्नुभयो भने । या हामिले विश्वविद्यालय नै बनाउने भनेर गेटामा शदरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रश्ताव क्याविनेटबाट पास गरेर अगाडी कल्ले बढायो भनेर हेर्नुभयो भने । ईमान्दार भईदिन हुन आग्रह छ मेरो । तथ्यालाई कसैले पनि यताउता गर्न सकिदैन । गर्नुपनि हुदैन ।
उनले मध्यपहाडी लोकमार्ग या हुलाकी लोकमार्ग यी दुईटै मार्गलाई अगाडी बढाउने प्रश्ताव गरिहेको बताए । मध्यपहाडी लोकमार्ग आफु पहिलो पटक प्रधानमन्त्री हुदा प्रश्ताव गरिएको उनले बताए । मध्यपहाडी क्षेत्रमा बस्ने जनताको आर्थिक, राजनितिक, सांकृतिक जीवन र राष्ट्रिय एकता सुध्रित होस भन्ने उद्देश्यले मध्यपहाडी लोगमार्गको प्रश्ताव अघि बढाईएको उनको भनाई थियो ।
हुलाकी मार्ग धेरै वर्षदेखि रोकिएर बसेको थियो । उनले भने, हामिले नै हुलाकी मार्गलाई कञ्चनपुरसम्म ल्याउने गरि निर्माण गर्नुपर्छ भनिएको हो । यस्तो थुपै्र तथ्याहरु छन । जसमा सुदूरपश्चिमलाई प्राथमिकता दिएर काम गरिनुपर्छ भनिएको छ ।












