स्पेन भ्रमणवारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्रीको निर्देशन

Image

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमण’ छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो । यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए । उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए ।