काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन । मङ्गलबार काठमाडौँमा इप्पानको २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बउनको भनाई छ । उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको उनले बताए ।
जलविद्युत् आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोडले चाँडै शेयर निष्कासन गर्ने उनले बताए । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पति हो । उनले भने, ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गर्दछु । अहिले उत्पादन विद्युत् खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ।
शेयर निष्कासन रोकिएको कुरा सुनेको उल्लेख गर्दै उनले धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने बताए । यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ । उनले भने, उर्जा नेपालको लागि अत्यन्त महत्त्वपूर्ण प्रकृतिले दिएको सम्पति हो । ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ । ग्रिन इनर्जीमा ध्यान बढी दिनसक्यौँ भने हामीलाई राम्रो हुन्छ ।’
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाइर्ए थप प्रोत्साहित गर्नुपर्ने उनले बताए । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुसीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको बताए ।













