एमएफएन च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार

Image

काठमाडौँ । भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी बुधबार सामाजिक सञ्जाल फेसबुकबाट दिए । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयासमेत प्रदान गरिने निर्णय भएको जानकारी पनि दिए ।

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।