भोट माग्दै गाउँपालिका उपाध्यक्ष, सी लिड्स आइकन जित्ने दाउ

Image

डडेल्धुरा । अहिले कतिपय गाउँपालिकाका उपाध्यक्षहरु सामाजिक संजाल मार्फत भोट मागि रहेका छन । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट भोट गर्न मिल्ने गरि भईरहेको प्रशितपर्धामा उपाध्यक्षहरुले भोट मागिरहेका छन । कल्प इम्पावर वमन नेपाल नामक संस्थाले नेपाली महिलाहरुको सुकर्मलाई संचार गर्ने अभियान सी लिड्स आईकन दोस्रो संस्करणका लागि जनमत खुला गरेको छ । यसका लागि विश्वभारबाट भोटिंग अभियान सुरु भएको छ । हालसम्म ३१ वटा महिला छनौट भएको र अब टप सेभेनका लागि भोटिंग गरिदै छ ।

३१ महिलामा पर्न सफल डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु कुमारी सेटी देउबाले टप सेभेनका लागि भोट मागिरहेकी छन । भोटिंग मार्फत जनमत संकलन गरि सी लिड्स वमन च्याम्पिन बन्ने दाउमा उनी पनि छन ।

रास्ट्रिय स्तरमा भोटिङ गर्नका लागि eSewa app मा गई भोटिङ भित्र रहेको She Leads Icon – Second edition मा Click गरि भोटिङ Id number 08 मा भोट गर्ने र त्यसै गरि अन्तराष्ट्रिय भोटका लागि www.voting mypay.com.np मा लगिन गरि She Leads Icon- Second Edition को Id number 08 मा भोट गरि मलाई अत्यधिक जनमतसहित Top 7 भित्र पार्न सहयोग गरिदिनहुन स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णमा उनले अनुरोध गरेकी छन ।