सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे भएको सहमति यस्तो

Image

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार त्यसलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ । त्यही बैठकले संसद विघटनको निर्णय गरी स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ, पोखरेलले भने । आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो ।