डडेल्धुरा । जिल्ला सदरमुकामको तुफानडाडा स्थित मोड पोईन्टमा ड्रिम क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ । सदरमकामको मुटु अमरगढी नगरपालिका ५ को तुफानडाडामा सोमबार एक कार्यक्रमका बीच ड्रिम क्याफे एण्ड रेस्टुरेन्टको उद्घाटन गरिएको छ ।
यहाँका युवाहरू मिलेर ५० लाखको लगानीमा क्याफे सञ्चालनमा ल्याइएको रेस्टुरेन्टका सञ्चालक उपेन्द्र अवस्थीले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनको माथिल्लो तलमा क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्ग छेउमै क्याफे छ ।

क्याफे सप नभएको अवस्थामा क्याफे पारखीहरूलाई मध्यनजर गरेर ड्रिम क्याफे खोलिएको सञ्चालक अवस्थीले बताए । संचालकहरु मध्ये एक जना भुवन ओझा अमरगढी नगरपालिका ८ का स्थानीय हुन ।

‘नेपालमा विस्तारै कफी पिउने संस्कृति बढ्दै गइरहेको छ । डडेल्धुरा भ्रमणमा आउने कफीका पारखीहरूलाई हामीले कफीको स्वाद दिलाउनेछौँ,’ उनले भने, ‘काठमाडौँ र धनगढीको जस्तै सेवासुविधा दिने गरी हामीले यो नयाँ प्रयास गरेका हौ । सेवाग्राहीहरूले शान्त र रमणीय वातावरण बसेर कफीको आनन्द लिन सक्नेछन् ।’
उनले सुपथ मूल्यमा कफीकासाथै विभिन्न प्रकारका भेज तथा ननभेज खाजानास्ता, लोकल कुखुराका परिकार, पेय पदार्थको पनि व्यवस्था गरिएको जानकारी दिए ।

डडेल्धुरा घुम्न आउने पर्यटकहरूको लागि कफी पिउनको लागि ड्रिम क्याफे पहिलो रोजाइ हुने विश्वास अवस्थीले लिएका छन् । क्याफेमा हाल १६ भेरायटीका कफी उपलब्ध छन्। उक्त क्याफेमा पाँचजना युवाले रोजगारीसमेत पाएका छन् ।















