उग्रतारामा आज देहिजाँत

Image

डडेल्धुरा । भगवान शिवको निवास कैलाश मानसरोवर एवं भोलेनाथकै प्रशिद्ध मन्दिर बद्रीनाथसंग साईनो गासिएको उग्रतारा भगवती मन्दिरमा बुधबार मेला (देहिजाँत) लागेको छ । सुदूरपश्चिमको सुप्रशिद्ध भगवती देवीको मन्दिर उग्रतरामा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन भव्य रुपमा वार्षिक पूजाआजासंगै मेला लाग्ने गरेको छ । उग्रतारा मन्दिर डडेल्धुरा जिल्ला सदरमुकाम भन्दा पाँच किमिको दुीमा अवस्थित छ ।

अमरगढी नगरपालिका ८ मा पर्ने मन्दिर क्षेत्र डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्गको डकले रातागुन भन्दा माथि बिशाल डाडो माथि छ । उग्रतारा देवीका मूल पुजारी साँकी थरका क्षेत्री हुन । भगवती देवीका आफ्ना धामी पनि छैनन् । भूमिराज देउताका मुख्य धामी नै उग्रतारा देवीका धामीका रुपमा लिईन्छ ।

धार्मिक मान्यताअनुसार उग्रतारा शबद “उग्र” अर्थात् कठोर, तेजस्वी रूपकी देवी हुन । कार्तिक शुक्ल पूर्णिमाका दिन मेलाको माहोल सबैभन्दा जीवन्त हुन्छ । प्राचिन कालमा उग्रतारा भगवती मन्दिरमा नर अर्थात मानिसको समेत बली दिईने गरेको किम्बदन्ति छ ।

बि.सं. २०३३ सालमा उग्रतारा देवीका मूल पुजारी एक जना साँकीको देहवासन भएपछि हालसम्म मूल पुजारी नभएको वडा नं. ८ का वडा अध्यक्ष नरबहादुर साँकीले जानकारी दिए । उग्रताराको पूर्व तर्फ मूनी रेणुका र शल्य नदीको किसनारमा शैलेश्वर महादेवको मन्दिर छ ।

उग्रतारा भगवती मन्दिरका मूल पुजारीले उग्रताराबाट कापेर शैलेश्वर महादेवको मन्दिर पुगेपछि मूल पुजारीका रुपमा मान्यता पाउने चलन थियो । उनले भने, तर २०३३ साल यता ४९ वर्ष बिभिसक्दासम्म यो धार्मिक परम्परा अनुसार रितिथिथी बस्न सकेको छैन ।

यस कारण उग्रतारा भगवती र शैलेश्वर महादेव मन्दिर २०३३ साल याता पातली पुजा मात्रै हुने गरेको छ । जुन धार्मिक सांस्कृती परम्परा अनुसार भोक लगाई उग्रतारा भगवती र शैलेश्वर महादेवको पूजाआजा हुनु पर्ने हो त्यो परम्परा र रितिरिवाज अनुसार हुन नसकेका उनले बताए । तर उग्रतारा र शैलेश्वर महादेवको महिमासंगै जनआस्था बढ्दै गएको छ ।

मानसरोवर र उग्रतारा भगवतीको इतिहास जोडिएको उग्रतारा वेदविद्या आश्रमका अध्यक्ष एवं उग्रतारा भगवतीका लौडिया पुष्पराज भट्टले बताए । उनका अनुसार मानसरोर जान नसक्नेले उग्रतारा माताको दर्शन गरे मनोकामना पुरा हुने पहिले देखिको इतिहास रहेको र यसलाई सनातनी मात्रै ब्याख्या गर्नसक्ने छन । बद्रीनाथको क्षत्रीपुंगो गएर दर्शन गर्न नसक्नेहरुले उग्रतारा मन्दिर पुगेर दर्शन गरे सोही सरह हुने किम्बदन्ति रहेको उनले सुनाए ।

उग्रतारा भगवती मन्दिरमा परापूर्वकालमा नर अर्थात मानिसको बलि दिने प्रथा रहेको उनले बताए । यस क्षेत्रमा जाटहरुले राज्य संचालन गर्नु पूर्व देवी देवताका शिलाहरु लाई जाटहरुले प्रत्यक्ष परिचालन गर्दथे । उनले भने, हामिहरु अहिले शिलालाई पुज्ने गर्छौ । तर जाटहरुले शिला परिचालन गरि काम लिन्थे । शिलाले काम गथ्र्यो । त्यस्तो अवस्थामा उहाँहरुले नर बली दिने गर्दथे । तर पछि यो प्रचलन हट्दै गयो ।

उग्रतारा मन्दिरको गोप्यगृहको दक्षिण तर्फ दिवारमै दुई वटा शिला रहेका छन । यी शिलाको नाम साप्तप्रमोदले उचिष्ट चाण्डाल्नी राख्नु भएको छ । उनले थपे, साप्तप्रमोद भगवतीसंगै प्रकट भए । शिलाको नामाकरण गरिएकाले यसले पनि इतिहास देखाएको छ । रुद्रयामल तन्त्रमा भगवती माताको वर्ण नगरेको पाईने उनले बताए ।

देहिजाँतमा दिउसोको मुख्य आकर्षणका रुपमा गाँज नचाउनु लाई लिईन्छ । सुनचाँदीका विभिन्न आकारसहित आभुषणले सजिएको छाता जस्तो तर पुरै कपडाले छोपिएको गाँजलाई मन्दिरबाट निकालेर बाजागाँजाका तालमा दायाँ बायाँ घुमाई नचाईन्छ । यो गाँज भूमिराज देवताले भगवतीलाई दिएको किम्बदन्ति छ । भट्टका अनुसार मेलाका दिन दिउसो गाँज बिशालका फाँटका मुखय स्थामा पुगाई दुर्गभगवती, भूमिराज, गन्याप, भागेश्वर देउतालाई ढोग्ने चलन छ ।

चार गाउँ खनमडा, दुमडा, छचोडा र जिलोडाबाट देहिजाँतको बिहान ४ः०० बजेको समयमा मन्दिर पुगाई पूजाआजासंगै भाकाबैजाली हुन्छ । मुख्य देउरो मनमडा गाउँको भएपनि पछि भक्तजनहरुको मनोकामना पुरा भएसंगै धामि कापेर छडी दिए पछि अन्य गाउँहरुले पनि देउरो ल्याउने चलन चलेको उनले बताए । देवीको सम्मान र खुसी पार्न देउरो ल्याउने चलन चलेको उनको भनाई छ ।