गन्यापधुराको लाटामाण्डौ आविमा बन्यो चार कोठे भवन

Image

डडेल्धुरा । विकट क्षेत्रमा रहेको लाटामाण्डौ आधाभुरत विद्यालयमा चार कोठे पक्कि भवन निर्माण गरिएको छ । गन्यापधुरा गाउँपालीका वडा नं. ४ रुमायल गाउँमा रहेको लाटामाण्डौ आविमा भवन निर्माण पश्चात कक्षा संचालनका लागि उद्घाटन गरिएको छ ।

गाउँपालीका प्रमुख इन्द्रबहादुर कार्कीले एक औपचारिक कार्यक्रमका बिच सोमबार उक्त विद्यालय भवनको उद्घाटन गरेका छन । संघिय सरकारको ससर्त अनुदान रकम ५७ लाखमा ठेक्का प्रक्रियाबाट भवनको निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष कार्कीले गन्यापधुरा गाउँपालीका शैक्षिक गुणस्तरमा जिल्लामै पहिलो स्थानमा रहेको बताए । वर्तमान अवस्थामा पुराना पुस्ताले सोही विद्यालमा अध्ययन गरि हाल अध्यापन पनि गरिरहेको उनले बताए ।

हालको आवस्थामा किशोरावस्था देखि युवाहरु रोजगारीको शिलसिलामा भारत तथा अन्य तेस्रो मुलुक जाने नराम्रो परिपाटीको विकासले गाउँ रित्तिन थालेकोमा उनले चिन्ता व्यक्त गरे । बढ्दो बसाईसराईलाई रोक्न विद्यालयहरुमा भौतिक पूर्वाधारको निर्माणसंगै गुणस्तरिय शिक्षा आवश्यक रहेको उनको भनाई छ । शिक्षालाई व्यवसायीक रुपमा अगाडी बढाउन सके बसाईसराई कम गर्न मद्दत पुग्ने उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भट्टले विद्यालयमा विद्यार्थी मात्रै पठाउदा शिक्षामा गुणस्तर नआउने बताए । अभिभावकहरुले कुनै चासो नदिने भएका कारण समस्या रहेको बताउदै उनले हाल भवन मात्रै बनेको तर कक्षा कोठा भित्र विद्यार्थीका लागि बस्ने फर्निचरको अभाव रहेको उल्लेख गरे ।

कार्यक्रममा भवन निर्माणमा निःशुल्क ढुंगा दिने स्थानीय भुवनेश्वरी माकिाका शिक्षक जयराज भट्टलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ग्यानु सेटि देउवा, शिक्षा शाखा प्रमुख तस्बिर घटाल, वडा नं. ३ का अध्यक्ष चक्रबहादुर देउवा, वडा नं. २ का अध्यक्ष मनोज बहादुर देउवालगाएत जनप्रतिनिधि, शिक्षक , विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थीयो ।