डडेल्धुराबाट आठौं पटक चुनाव लड्दै देउवा

Image
अघिल्लो निर्वाचनमा मतदान गर्दै कांग्रेस सभापती देउवा ।

डडेल्धुरा । प्रतिनिधिसभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठौं पठक चुनाव लड्दै छन । २०४८ सालमा पहिलो पटक चुनावमा उठेका देउवा सात पटक निर्वाचित भई पाँच पटक प्रधानमन्त्री बनेका थिए ।

आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा पूर्व प्रधनमन्त्री समेत रहेका देउवाको एकल नाम नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराले सिफारिस गरेको कांग्रेस डडेल्धुरा सभापती भिम बहादुर साउदले जानकारी दिए ।

उनका अनुसार बुधबार बसेको नेपाली कांग्रेस डडेल्धुराको बैठकले कांग्रेस सभापती एवं पूर्वप्रधानमन्त्री देउवाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरि सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । डडेल्धुरा कांग्रेसका नेताहरुसंग यसअघि नै देउवाले अन्तिम पटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए । देउवा यसअघि २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएका निर्वाचनमा डडेल्धुराबाटै विजयी भइसकेका छन ।

यस्तै समानुपातिकमा नरभान कामी, मानकुमारी थापा, तारक बुढाऐर, बसन्ती भण्डारी र ईश्वरी चन्दको नाम सिफरिस गरिएको छ । राष्ट्रियसभा सदस्यका लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस गरिएको उनले जानकारी दिए । नरभान कामी २०७० को निर्वाचनमा सामानुपातिकबाट संविधानसभा सदस्य रहेका थिए । मान कुमारी थापा देउवा पत्नि डा. आरजु राणाले स्थापना गरेको गैर सरकारी संस्था ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरामा हाल पनि अध्यक्षको रुपमा रहृेकी छन ।

राष्ट्रियसभा सदस्यमा नाम सिफारिस गरिएका भिम बहादुर साउद कांग्रेस डडेल्धुरा सभापती हुन । २०७४ को स्थानीय तहको निर्वाचनमा परशुराम नगरपालिकामा उम्मेदवार भई उनी गर प्रमुख भईसके हुन । यस्तै रघुवर भट्ट कांग्रेस डडेल्धुराका पूर्व सभापती हुन । उनी तत्कालिन जिल्ला विकास समितिको सभापती पनि हुन भने २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि क्षेत्र क बाट उम्मेदवार हुदा पराजित भएका थिए ।