सुदूरपश्चिमबाट एक वर्षमा विदेशिए ५० हजार युवा

Image

बैतडी । सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१र०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् ।

यीमध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन् । विदेश जानेमा बैतडी, कैलाली, कञ्चनपुर र अछामका धेरै छन् । एक वर्षमा बैतडीका पाँच जना युवाको विदेशमा मृत्युसमेत भएको छ ।

वैदेशिक रोजगार विभागको आव २०८१/०८२ मा मात्रै बैतडीबाट पाँच हजार २५१ जना, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७ जना, बाजुराबाट दुई हजार ५७८, दुई हजार ४६३, दार्चुलाबाट दुई हजार ४६८ र डोटीबाट सबैभन्दा कम एक हजार १२१ जना एक वर्षमा ३८ हजार २५४ जना विदेशिएका छन् ।

बिहीबार दशरथचन्द नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवाशन दिवस २०२५ को आयोजना गरेको छ । सो कार्यक्रमा नगरपालिकाका ११ वटै वडामा सचिवह सहभागी थिए । उक्त कार्यक्रममा नेपालबाट श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्या ८९ लाख ६५ हजार ३८२ पुगेको तथ्याङ्क सरोकारवालालाई जानकारी गराएको छ ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रुमख कौशीला चन्दले युवाहरु बिना सिप वैदेशिक रोजगारीमा जाँदा सोचेको जस्तो आम्दानी गर्न नसकेकाले सीप सिकेर मात्रै विदेश जान वडा स्तरमै सचेतना फैलाउन आवश्यक रहेको बताए ।

गत वर्षदेखि दशरथचन्द नगरपालिकाबाट श्रमस्वीकृति प्रदान गर्ने सेवा सुरु गरेपछि सचेतना बढे पनि वैदेशिक रोजगारीका नाममा ठगी नरोकिएको रोजगार शाखा संयोज नन्दजा जोशीले बताए ।

वैदेशिक रोजगारीले नेपालका ७८ प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गर्दा शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण गर्ने अवस सिर्जना गरेको छ । यद्यपि सामाजिक र पारिवारिक चुनौति थपिँदै गएको दशरथचन्द नगरपालिकाका रोजगार शाखा प्रुमख नन्दराज जोशीले बताए ।

तथ्याङ्क अनुसार वैदेशिक रोजगारीबाट आव २०८१/०८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुयियाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीले सकरात्मक प्रभाव पारेको भए पनि मनोसामाजिक समस्या बढेको, बालकालिका र ज्येष्ठ नागरिकमा एक्लोपन, जग्गा बाँझो रहेको र सहरी जनङ्ख्या र ग्रामीण जनसङ्ख्यामा असमानता बढेको जोशीले बताए ।