१० रुपैयाँ बचतबाट सुरु गरिएको कैलपाल महिला सहकारीको बचत पुग्यो डेढ करोड

Image

डडेल्धुरा । १० रुपैयाँ बचत गरि स्थापना गरिएको महिला सहकारीको हालको बचत झण्डै डेढ करोड पुगेको छ । गन्यापधुरा गाउँपालिका ४ कैलपालमाण्डौ स्थित जैसेरामा रहेको श्री कैलपाल बचत तथा ऋण सहकारी संस्थाको बचत २२ वर्ष पछि झण्डै डेढ करोड पुगेको हो ।

बिहिबार सम्पन्न सहकारीको २२औं साधारणसभामा प्रश्तुत गरिएको आवयव्यमा साविकको कैलपालमाण्डौ गाउँपालिका वडा नं. ४ र ५ का महिलाहरुले १० रुपैयाँ बचत गरि सहकारी स्थापना गरिएको जानकारि दिईएको थियो । हाल २२ वर्षसम्म आई पुग्दा संस्थाले कुल एक करोड ४० लाख १२ हजार आठ सय पाँच रुपैयाँ बचत गर्न सफल जनाईएको छ ।

एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको मुल शिद्धान्तलाई आधार मानेर २०६० सालमा सहकारी संस्था बिधिवत रुपमा दर्ता गरि स्थापना गरिएको थियो । सहकारी संस्थामा हाल ८२५ जना सदस्य संख्या पुगेको संस्थाका अध्यक्ष ललीता हमलाले बताईन ।

यस सहकारी संस्थाले कुनै सदस्यको मृत्यु तथा सुत्केरी भएमा पनि तत्काल सहयोग स्वरुप एक हजार रुपैयाँ उपलब्ध गराउदै आएको उनले बताईन । संस्थाले हाल गाउँ टोलमा २८ वटा लघुबीत्त समूह गठन गरि बचत गरि रहेको संस्थाकी व्यवस्थापन मनीषा कापडीले बताईन ।

आर्थिक वर्ष २०८१/८२ को आयव्यय संस्थाकि कोषाध्यक्ष लक्ष्मी पनेरुले प्रस्तुत गरेकी थिईन । कार्यक्रममा उपस्थित एकिकृत विकास मिाज (आइडीइएस) डडेल्धुराकी कार्यक्रम संयोजक पद्मा गुरुङले आर्थिक् रुपमा महिला सक्षम हुदा हिंसा कम हुने बताईन ।

मानीसले कमाउनु मात्र ठुलो कुरा होइन । उनल्े भनिन्, केही रकम बचत गर्दा आपद विपद पर्दा काम लाग्छ । महिलाहरु डराउ स्वभावका हुने भएकाले उनीहरु पैसा जोगाएर राख्ने बानी हुन्छ । यसले स सानो रकम जोगिदा समस्यामा निकै साथ दिन्छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य टेक बहादुर धानुक, पालीका सदस्य बीरभान भुल, वडा नं. ४ र ५ का जनपप्रतीनीधीहरु, शिक्षकलगायत महिलाहरुको उपस्थिति थियो ।

कार्यक्रममा आगामी वर्षको अनुमानि आयव्यय र कार्य योजना प्रस्तुत गरीनुकासाथै संस्थाका उत्कृष्ट सदस्यहरुलाइ सम्मानसमेत गरेको छ ।