काली नदी किनारको असुरानी गाउँ पुग्यो सडक

Image

डडेल्धुरा । आफ्नै पालिकाको गाउँ पुग्न काली नदी तरेर भारतको बाटो भएर मात्रै पुगिने असुरानीमा सडक पुगेको छ । गाउँमा सडक पुगेसंगै नेपाल–भारत सिमा नदी महाकाली वारपार गर्दै भारतको बाटो पुग्नु पर्ने बाध्यता हटेको छ । जिल्लाको भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका–३ असुरानीमा पहिलो पटक सडक पुगेपछि काली नदी वारपार गर्नु पर्ने बाध्यता हटेसंगै स्थानीय हर्षित भएका छन ।

असुरानी गाउँजान पैदल, गोरेटो बाटोसमेत नहुदा स्थानीय पालिका मुकाम वडा नं. १२ स्थित लालढुंगा पुग्न जोखिम मोलेर काली नदी वारपार गर्दै भारतको बाटो भएर आउजाउ गर्न बाध्य थिए । महाकाली नदीमा झोलुंगे पुरसमेत नहुदा काठको नाउ ९डुंगा० वा ट्युवको सहाराले नदी तर्दै पालिका मुकाम पुग्नु पर्ने बाध्यता थियो । सडक पुगे पछि यो बाध्यताको अन्त्य भएको सृजना प्रावि असुरानीका प्रधानाध्यापक प्रकाश ठकुराठीले बताए ।

जिल्लाकै दुर्गम महाकाली नदी किनारमा अवस्थित असुरानी बस्तीमा पहिलो पटक कच्चि सडक पुगे पछि स्थानीयलाई सहज भएको उहाँले बताउनुभयो । असुरानी गाउँसम्म सडक निर्माण गर्न परशुराम नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२/ डेढ करोड रकम विनियोजित गरि टेण्डर मार्फत सडक निर्माण गरेको नगर प्रमुख भरत बडायर जोशीले जानकारी दिए । उनका अनुसार सुदुरपश्चिम प्रदेश सरकारको ७५ लाख र परशुराम नगरपालिकाको ७५ लाख गरि डेढ करोडको समपुरक बजेटमा टेण्डर मार्फत सडक निर्माण गरिएको हो ।

कैलाली र कञ्चनपुरका गरि ६ वटा पालिकासंग सिमा जोडिएको चुरे पर्वतमा अवस्थित परशुराम नगरपालिकाका अब सबै वस्तिहरुमा सडक पुगेको नगरप्रमुख बडायर जोशीले बताए । उनका अनुसार असुरानी गाउँ जोड्ने सडक निर्माणका लागि वडा न। ३ को हल्द्वाडिबाट करिब १० किलोमिटर सडक खनिएको छ । असुरानी गाउँ जोड्ने सडक नहुदा यस अघि बर्खाका दुई महिना साउन, भदौमा महकाली नदीमा पानीको बहा उच्च हुने हुदा नगरापलिका मुकामसम्मको सम्पर्क तोडिने गरेको थियो ।

गाउँमा सडक पुगेपछि स्थानीयको दैनिकी निकै सहज भएको छ । पहिले महाकाली तरेर भारतको बाटो हुँदै वडा नं. ५ को परिगाउँबाट विद्यालय पुग्नु पथ्र्यो, सडक खुलेपछि नदी वारपार गर्नु पर्ने बाध्यताको अन्त्य भएसंगै विद्यालय आउजाउ गर्न ठूलो राहत मिलेको छ,” उनले भन । सडक सुचारु भएसँगै खाद्यान्न ढुवानी, औषधि उपचार एवं अन्य कामकाजमा निकै सहजता आएको उनले बताए ।

करिब ४५ घरधुरी जनजाति समुदायले बसोबास गर्ने असुरानीमा एक प्राथमिक विद्यालय छ । लामो समयदेखि यहाँ विद्युत, सडक, स्वास्थ्य सेवा तथा स्वच्छ खानेपानीको समस्या रहँदै आएको थियो ।

वडा नं. ३ का अध्यक्ष नरेश बहादुर खवासले स्थानीय सरकारले पछिल्ला वर्षहरुमा दुर्गम बबस्तीलाई प्राथमिकतामा राखेर आधारभूत सेवा सुविधा विस्तार गर्ने प्रयास गरिरहेको बताए । असुरानी गाउँमा सडक पुगेपछि स्थानीयको जीवनस्तर सुधारतर्फ महत्वपूर्ण कदम अघि बढेको उनको भनाइ छ ।