डडेल्धुरा । कांग्रेस सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा निर्वाचन कार्यालय अगाडी प्रदर्शन गरिएको छ । आईतबार दिउसो निर्वाचन आयोगको निर्ण मान्दैनौ भन्दै कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।
नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले जिल्ला निर्वाचन कार्यालय अगाडी नाराबाजी गरेका हुन ।
जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिका-५ तुफानडाडामा रहेको कांग्रेसको पार्टी कार्यालयबाट नारा लगाउदै जिल्ला निर्वाचन कार्यालयमा पुगेरसमेत नाराबाजी गरेको नेपाली कांग्रेस क्षेत्र ख का सभापती खडक बोहराले जानकारी दिए ।















