डडेल्धुरा । सुदूरपश्चिम दौडाहमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावि प्रधानमन्त्रीका रुपमा उम्मेदवार बनाईएका बालेन्द्र शाह (बालेन) बुधबार बिहान डडेल्धुरा पुगेर स्थानीय र राष्ट्रिय एजेण्डा के हुन ? भनी आफ्ना उम्मेदवार सोधेका छन ।
रास्वपाको सचिवालय जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ तुफानडाडा पुगेका बालेनलाई रास्वपाबाट डडेल्धुराका उम्मेदवार डा. तारा जोशीले उत्पादनलाई व्यवसायी करण गर्नुका साथै नारामा सिमित पश्चिम सेती र पञ्चेश्वर बहुउद्देशीय परियोजना, अधुरा सडक, मेडिकल कलेज, रंगशाला, एयरपोर्ट एजेण्डा भएको सुनाए ।
उम्मेदवार जोशीका कुरा दुई मिनेट नसुन्दै बालेनले तपाई जितेर आउनु होस । शुभकामना छ । बाँकी पार्टीले हेर्छ । भन्दै सचिवालय बारिह छतमा आई एक छिन चुनाव चिन्ह घण्टी बजाई त्यहाबाट निस्किए ।
बालेन सचिवालयबाट ओर्लिएर बिहान १०ः०६ बजे सचिवायको तस्रोत तला चढेका बालेन सचिलायबाट निस्केर डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गमा झर्दा १०ः१० बजेको थियो । सचिवायमा पुग्दा उम्मेदवार जोशीसंगै रास्वपा डडेल्धुरा सभापती ई.सुरेन्द्र अवस्थीलगायतले लालिगुरास फूल र खादा ओढाई स्वागत गरेका थिए । स्थानीय एजेण्डामा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकासका राखिएको उम्मेदवार जोशीले बताए ।
भिजन डडेल्धुरा अन्तरगत यहाँको उत्पादनलाई मैले प्राथमिकता दिदै आएको छु । उनले भने, स्थानीय उत्पादनलाई व्यवसायीकण गर्ने योजना अन्तरगत रोजगारी सिर्जना गरि दिगो विकासका एजेण्डा छोटकरीमा बालेन सामु प्रश्तुत गरियो । बसाईसराईले उर्वर भुमि बाँझो हुदै जानु र रोजगारीका लागि युवा विदेशिनु यहाँ र राष्ट्रकै मुख्य समस्या भएको उल्लेख गर्दै उनले उत्पादनलाई व्यवसायीकरण गर्न सके भौतिक पुर्वाधारको दिगो विकास गर्न सकिने बताए ।















