डडेल्धुरा । पुरुषभन्दा थोरै बढी महिला मतदाता संख्या रहेको डडेल्धुरामा महिला उम्मेदवारी भने परेको छैन । सामानुपातिक तर्फ महिला उम्मेदवार बनाईए पनि प्रत्यक्ष तर्फ भने महिला उम्मेदवारी नपरेको हो । डडेल्धुरामा कुल मतदाता संख्या ९१ हजार ९१९ रहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीले जानकारी दिए ।
यस मध्ये महिला मतदाताको संख्या ४५ हजार ९८३ रहेको भने पुरुष मतदाता संख्या ४५ हजार ९३६ रहेको छ । पुरुषभन्दा महिला मतदाताको संख्या ४७ ले बढी रहेको उनले बताए ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दलित महिला हरिना कामीलाई सामानुपातिक तर्फ उम्मेदवार बनाएको भए पनि अन्य दलहरुबाट सामानुपातिमासमेत महिला अटाउन सकेका छैनन् । महिलाले चुनाव जित्न सक्दैनन् भन्ने मनसायका कारण महिला उम्मेदवार चयन नगरिने कांग्रेस डडेल्धुरा कोषाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले बताईन ।
महिलालाई पार्टीका नेताहरु नै पत्याउदैनन्, उनले भनिन, महिलाप्रति खुल्ला हृदय छैन । स्वंम महिलाहरुले पनि क्षमता भनौ वा आत्मविश्वास बढाउन सक्नु भएको छैन । पुरुषको दाजोमा महिला उम्मेदवार कम्जोर हुन्छन भन्ने मनसायका कारण महिला उम्मेदवार बन्न नसकेको उनको भनाई छ ।
नेकपा एमालेले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि एक महिलासहित दुई जना पुरषको नाम सिफारि गरेको थियो । तर केन्द्रिबाट महिलालाई नभई पुरुषलाई नै उम्मेदवार बनाएको एमोले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार ज्ञानु गैरे, पठान बोहरा र चक्र स्नेहीको नाम जिल्ला कमिटिबाट सिफारिस गरिएको थियो । ज्ञानु गैरे २०७० को निर्वाचनमा सामानुपातिकबाट संविधानसभा सदस्यसमेत हुन ।
जिल्ला कमिटिबाट प्रतिनिधिसभा सदस्यका लागि नाम सिफारिस गरिएको थियो । गैरेले भनिन, एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हाम्रो जिल्लामा एक जना मात्रै उम्मेदवार बन्ने हो । पार्टीको केन्द्रिय कमिटिबाट महिलाको भन्दा पनि पुरुष उम्मेदवारकै नाम उम्मेदवारका रुपमा चयन गरियो । महिला सक्षम भए पनि पार्टीले उम्मेदवार नबनाएको उनको भनाई छ । हामि महिलाहरु पनि सक्षम छौ । चुनौतीको सामना गर्न सक्छौ । उनले थपिन, जिल्लाबाट नाम सिफरिस भए पनि केन्द्रबाट उम्मेदवार नबनाईए पछि जसलाई पार्टीले उम्मेदवार बनाईएको छ उनलाई सहयोग गर्नु पर्छ ।
१३९ मतदान स्थल रहेको डडेल्धुरामा यसपालीको निर्वाचनमा लागि नयाँ चार वटा मतदान स्थल थपिएका छन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा चार वटा नयाँ मतदान स्थल थपिएका हुन । २०७९ सालको निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेकामा यस पालीको निर्वाचनमा १४३ मतदान स्थल रहने निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए ।्
उनका अनुसार एउटा पुरानो मतदान स्थल हटाई चार वटा नयाँ स्थल थप्ने प्रस्ताव अनुसार चार वटा नयाँ मतदान स्थल थप भएका छन । अजयमेरु गाउँपालिका–६ मा रहेको देवल मावि देवलदिव्यपुर मतदान स्थल हटाई भूमिराज आवि पिपलचौतारा र डागेश्वरी आवि कानाकोटमा नयाँ मतदान स्थल राखिएको छ । त्यस्तै, नवदुर्गा गाउँपालिका–५ मा रहेको भूमिराज आवि चौरबान्नीमा थप एउटा र गन्यापधुरा गाउँपालिका–१ को अशिग्राम आवि राउनाकोटमा अर्काे एउटा नयाँ मतदान स्थल राख्न सिफारिस गरिए अनुसार चार वटा मतदान स्थल थप भएको उहाँले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा यस निर्वाचनका लागि एक हजार ८९२ नयाँ मतदाता थपिनु भएको छ ।















