डडेल्धुरालाई हीलस्टेशन बनाउने लक्ष्य छः नैनसिहं महर

Image
जोगबुडाको परशुराम नगरपालिका ६ तातापानीका मतदाताहरु समक्ष आफ्ना भनाई राख्दै उम्मेदवार महर । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा । डडेल्धुरालाई पहाडकी रानी भन्दै आए पनि त्यो भनाई अनुसार विकासका काम हुन नसकैको उल्लेख गर्दै नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले अब डडेल्धुरालाई हीलस्टेशनका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । गाउँवस्तिमा पुगेर मतदाता भेटघाटमा व्यस्त रहेका डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महरले प्रकृतीले सुन्दरता भरेको डडेल्धुरालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकुद मैदान, हवाई मैदानलगायतका भौतिक पूर्वाधारको निर्माण गरि रोजगारीका अवसर प्रदान गर्ने योजना बनाएको बताए ।

चुरे क्षेत्र भित्रिमधेश जोगबुडाका विभिन्न गाउँवस्तिमा पुगेका महरले मतदाताहरु समक्ष महाकाली नदीमा मोटेरेवल पुल निर्माण गरि जिल्ला सदरमुकामलाई हीलस्टेशनका रुपमा विकास गर्न सके रोजगारीका अवसरबाट बढढ्दो युवा विदेश पलायन कम हुने बताउदै आएका छन । नेपाल–भारत सिमा नदी महाकालीमा पुल निर्माणका लागि यस अधिका सरकारले सम्झौता गरे पनि निर्माणको काम अघि नबढेको जानकारी दिदै उनले यसका लागि अन्तराष्ट्रिय स्तरमा पहल गर्ने बताए । परशुरामधाम पारी रहेको पूर्णागिरी मन्दिरसम्म वर्षेनी करोडौको संख्यामा पुग्ने भक्तजनलाई परशुराम भित्र्याउनुकासाथै मानसरोवरको यात्रामा निस्कने यात्रुहरुलाई जोगबुडा हुदै लैजाने गरि डडेल्धुरालाई हीलस्टेशनको हब बनाई उत्पादन देखि सेवा क्षेत्रमा रोजगारीको सिर्जना गर्ने लक्ष्य र उद्देश्य रहेको उनले बताए ।

शनिबार परशुराम नगरपालिका ५ परिगाउँ, वडा नं. ६ को तातापानी र ठन्नजला, वडा नं. ७ को सादनी र नगरपालिकाको मुकाम वडा नं. १२ को लालढुंगबजार क्षेत्रमा मतदाताहरु संगको भेटघाटमा उनले भित्रिमधेशको मुख्य समस्या बाढी पहिरो भएकाले रोकथामका लागि दिर्घकालिन रुपमा तटबंध निर्माणका योजना कार्यान्वयन गर्ने बताए ।

परशुराम नगरपालिका लगायत डडेल्धुरा जिल्लाका सबै वडा र गाउँवस्तिहरु सडक सञ्जालसंग जोडिएको प्रसंग जोड्दै उनले अब ती ग्रामिण सडकहरु फराकिला र कालोपत्रे, पुल, पुलेसा निर्माण गर्ने योजना अघि बढाउन आवश्यक रहेको बताए । २०४६ साल यता भित्रिमधेश क्षेत्रसंगै जिल्लाका गाउँवस्तिहरुमा सडक सञ्जालसंगै विद्यालयहरु स्थापना, अस्पताल, स्वास्थ्य चौकी स्थापना, भवनहरु निर्माण, खानेपानी, सिचाईकालागि बाँध, कुलो निर्माण, बिद्युतीकरण, फोनका टावर निर्माण गरि संचारमा पहुच बढेको उल्लेख गर्दै उनले नेपाली कांग्रेस एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा विकासको मूल फुटेकाले आज र भोलीका दिनमा पनि आफु र कांग्रेसले विकास गर्ने दाबि गरे ।