भित्रिमधेशमा क्रिकेट मैदान र डडेल्धुरालाई हील स्टेशन बनाउछुः नैनसिहं महर

Image
जोगबुडा स्थित परशुराम नगरपालिका १२ को खेलमैदानमा कांग्रेसले आयोजना गरेको चुनावि सभा कार्यक्रममा उम्मेदवार महर

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महरले भित्रिमधेशको जोगबुडामा आयोजना गरिएको चुनाविसभा लाई सम्बोन गर्दै भित्रिमधेशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । परशुराम नगरपालिका १२ लालढुंगा बजार स्थित जोगबुडा खेल मैदानमा शनिबार आयोजित चुनावि आमसभालाई सम्बोधन गर्दै उम्मेदवार महरले युवाहरु लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको साथमा रहि देशको समग्र विकासमा हातेमालो गर्न शक्ति प्रदर्शन गरिएको बताउदै युवाको चाहाना अनुरुप क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता जनाए ।

२०४६ साल पछि डडेल्धुरामा देउवाको नेतृत्वमा विकासको मूल फुटेको उल्लेख गर्दै उम्मेदवार महरले अहिलेको अवस्थामा यो पर्याप्त नभएको र जिल्लाको समग्र विकासका लागि आफुसंग स्पष्ट खाका भएको उल्लेख गरे । जिल्ला सदरमुकाम भन्दा २६ किमि पर नेपाल भारत सिमा महाकाली नदी किनारको विकट दुर्गम लामिकाडे वस्तिको एक गोठमा गाईवस्तुसंगै आफ्नो जन्म भएको जनाउदै उनले अभाव र हालको प्रबिधिको विश्वसंग परिचित भएकाले युवा लक्षित विकासका योजना अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

अन्नको भण्डार भित्रिमधेशमा देशका ७७ वटै जिल्लाका जनता बसोबास गर्दै आएकाले बिबिधतासंगै खेलकुद र पर्यटनको विकासका योजना अघि बढाउने उनले बताए ।

२०४८ पछि डडेल्धुराका ५२ वटै वटाहरुमा सडक पुगेको, जिल्ला सदरमुकाममा त्यो बेला डिजेल मेसिनबाट तीन घण्टा बल्ने बिजुली हाल जिल्लाका झण्डै ९८ प्रतिशत घरधुरीमा पुगेको, पाँच वटा पालिकामा कालोपत्रे सडक भएको, चार वटा मावि भएको जिल्लामा हाल दुई सय बढी मावि भएको, त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा दुई वटा क्याम्पस स्थापना भएको, करिब ८० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी पुगेको, भित्रिमधेशका रंगुन, पन्तुरा, महाकाली नदी किनारमा तटबन्ध निर्माण भएको, सिचाईको सुबिधा भएको, जिल्ला सदरमुकाममा संघिय र जोगबुडामा प्रदेश सरकार मातहतको अस्पताल स्थापना भएको उल्लेख गर्दै उनले पहिलेको तुलनामा धेरै परिवर्तन विकास भए पनि यो पर्याप्त नभएको बताए ।

महाकाली नदीमा मोटरेबल पुल निर्माण प्रक्रियामा भारतको अदालतलले आपत्ति जनाएको खबर पाएको जानकारी दिदै उनले यो पुल निर्माण गरि परशुराम धामबाट महाभारतको चिर्किट्टे सडकबाटो हुदै मानसरोवर कैलाश पर्वत जाने रुट निर्माण गरि जिल्ला सदरमुकामलाई हील स्टेशनका रुपमा विकास गरि युवा रोजगारी, स्वरोजगार, कृषि उत्पादन लाई बढाउने महत्वकाक्षिं योजना रहेको सुनाए । डडेल्धुरालाई हील स्वीन भनि २० वर्ष देखि लेख्दै आएको भएपनि त्यो सपना पुरा गर्न नसकेको भन्दै उनले आवश्यक पुर्वाधार निर्माण गरि वास्तावमै हील स्टेशनका रुपमा डडेल्धुरालाई विकास गर्ने योजना रहेको बताए ।

डडेल्धुरा–अत्तरिया ११५ किमि सडक चार लेनको बनाउन करिब ३२ अर्व रुपियाँ खर्च आउने प्राबिधिक इष्टिमेट देखिएको उल्लेख गर्दै यो सडक खण्ड विस्तार गर्न आफुले पहल थाल्ने बताए ।

यससंगै उनले परशुरामधाम, चुरेमा अवस्थित प्रकृतिको उपहार आलिताल, भगवान शिवको बास भागेश्वर, डोटेली राज्यको राजधानी अजयमेरुकोट, नेपाल एकिकरणको साक्षी अमरगढी किल्ला, उग्रतारा भगवती, नवदुर्गा भगवती, पश्चिम सेती, गन्याधुरा धार्मिक, ऐतिहांसिक, प्राकृतिक सम्पत्ति भएको उल्लेख गर्दै यी सबै क्षेत्रलाई जोड्ने सर्किट बनाई ७१ प्रतिशत बढी जंगल भएको डडेल्धुरालाई पर्यटकिय सुन्दर जिल्लाका रुपमा विकास गर्ने योजना रहेको बताए ।

चुनावि सभालाई शक्ति गरेको उल्लेख गर्दै उनले भने, आज एक शक्ति प्रदर्शन गरेका छौ । यो शक्ति प्रदर्शन देश जलाउने र बन्दुक उठाउने शक्ति होईन । यो शक्ति भित्रिमधेशका आदरणिय दाजुभाई, दिदिबहिनीहरु एक पठक फेरी नेपाली कांग्रेसको साथमा छन, देशको लोकतान्त्रिक पद्धतीका साथमा छन, नेपाली कांग्रेसको चुनावि चिन्हमा छाप लगाउनका लागि प्रतिबद्ध छन भनेर हामिले यो शक्ति प्रदर्शन गरेका छौ । यसका लागि म सम्पूर्ण जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

धेरै कुरा भन्नु छैन भन्दै उम्मेदवार महरले भने, मलाई याद छ २०४८–२०७९ सालमा यो मञ्चमा हाम्रो अभिभावकका रुपमा हामिले श्रद्धेय नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पाउथ्यौ । उहाँको छाताभित्र हामिले यो जिल्लाको संगठन, यो जिल्लाको विकासमा योगदान दिएका हौ । आज उहाँ हाम्रो सामु हुनुहुन्न । ८४ मा हुने निर्वाचन ८२ मा जान जसरी हामि बाध्य भएका छौ । हाम्रो श्रद्धेय नेतालाई पनि त्यही बाध्यतामा पारेर जुन हर्कत, जुन हुर्मत लिने काम भयो, तपाई हामिले तिरो तिरेर बनाएका हाम्रा सार्वजनिक संरचना सिंह दरबार, संसद र अदालतलाई जलाईयो, त्यो शक्तिको आक्रमणमा परेर उहाँ शक्त घाईते भएका कारणले यहाँ आउन सक्नु भएन ।

देउवा सिंगपुरमा उपचार गराई रहेको जानकारी दिदै उम्मेदवार महरले उनको स्वास्थ्यको शिघ्रस्वास्थ्य लाभको कामना गरे । सात पटकसम्म नेपाली कांग्रेसको पक्षमासाथ रहेको उल्लेख गर्दै उनले आठौ पटक पनि मतदाताको साथ रहने विश्वास व्यक्त गरे ।

उसो त जति बेला महिला एउटा घुम्टो भित्र बस्न बाध्य थिए । उनले भने, २०१५ सालमा नै डडेल्धुराका जनताले एउटा महिला उम्मेदवारलाई निर्वाचनमा मतदान गरि विजयी गराई दक्षिण एसिया महादेशमा नै पहिलो महिला मन्त्री बनाएको इतिहास छ । यस कारण डडेल्धुरा जिल्ला आफैमा गतिशिल र प्रगतिशिल दुवै हो ।

२०३६ सालमा निर्दल र बहुदलको चुनावमा राजालाई अधिकार दिने की जनतालाई भन्ने बिषयमा पनि जनता यो देशका मालिक हुन भन्दै बहुदललाई पनि जिताएको जिल्ला डडेल्धुरा नै भएको उनले बताएयो । चुनावि सभामा देखिएको उपस्थितीले विजयी गराएको उनले दाबि गरे ।