डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मध्यपहाडी जिल्ला डडेल्धुराबाट संघिय राजधानी काठमाडौंसम्म बसमा सुतेर जान मिल्ने गरि स्लिपर एसी सोफा लक्जरी बस संचालनमा आएका छन । उग्रतारा डडेल्धुरा यातायात प्रालिले सञ्चालन गर्दै आएको डडेल्धुरा–काठमाडौं एसी लक्जरी बस सेवा पुनः नियमित सञ्चालनमा ल्याएको छ ।

प्रालीबाट दैनिक डडेल्धुरा-काठमाडौं र काठमाडौं-डडेल्धुरा बस संचालन गरिएका हुन । आईतबार प्रालीका संस्थापक एवं निर्वतमान अध्यक्ष सन्तोष खड्काले रिवन काटेर उग्रतारा दरबार सोफा एसी बसको उद्घाटन गरिएको प्रालीका बरिष्ठ उपाध्यक्ष दिपकराज भटट्ले जानकारी दिए । उनका अनुसार एक बसमा आठ जना यात्रुले सुतेर यात्रा गर्न सक्ने छन ।
जेठ ४ गते आज (सोमबार) देखि डडेल्धुरा–काठमाडौं रुटमा अत्याधुनिक सुविधासहितको उग्रतारा दरबार सोफा एसी लक्जरी बस हरेक दिन सञ्चालन आउने उपाध्यक्ष भट्टले जानकारी दिए । यससँगै सुदूरपश्चिमका यात्रुका लागि लामो दूरीको यात्रा अब थप सहज, सुरक्षित र सुविधासम्पन्न हुने उनले बताए ।
डडेल्धुरा-काठमाडौं ७९७ किलोमिटरको दुरी रहेको छ । लामो समयदेखि यात्रुको विश्वास जित्दै आएको कम्पनीले यसपटक झन् स्तरीय सेवा, आरामदायी सोफा सिट, सुरक्षित यात्रा र समयमै गन्तव्य पुर्याउने प्रतिबद्धतासहित सेवा पुनः सुरु गरिएको उपाध्यक्ष भटट्ले बताए ।
विशेषगरी सुदूरपश्चिमबाट राजधानी आउने–जाने यात्रुकालागि यो बस सेवा निकै राहतपूर्ण हुने विश्वास लिईएको छ । यात्रुको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै अनुभवी चालक, व्यवस्थित सेवा र आरामदायी वातावरणसहित बस सञ्चालन गरिएको उनको भनाई छ ।
डडेल्धुराबाट काठमाडौंका लागि प्रत्येक दिन दिउँसो १२ः३० बजे र काठमाडौंबाट डडेल्धुराकालागि पनि त्यही समयमा बस प्रस्थान गर्ने छ। यात्रुको विश्वासलाई अझ मजबुत बनाउने गरी सेवा विस्तार गरिएको उनले बताए ।












