बैतडी । अविरल वर्षापछि पहिरो खस्दा दार्चुला र बैतडीमा राजमार्ग अवरुद्ध भएको छ । दार्चुुलाको मालिकार्जुुन गाउँपालिका–४ को दुई ठाउँ र बैतडीको गोकुलेश्वर– लटिनाथ सडकखण्डको एक ठाउँमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार तीन वटै ठाउँमा मंगलबार बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैन् । स्थानीय पालिकाको समन्वयमा पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।












