काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध भएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।
रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौं जाने र आउने सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको थियो।
भोटेकोशी नदीमा बाढीको बहाव जोखिमपूर्ण नरहेको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले दिएपछि सडकमा यातायात पुनः सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अहिले उक्त सडकखण्डमा सवारीसाधन आवागमन सामान्य अवस्थामा रहेको छ।















