नुवाकोटमा एउटै घरबाट २४ शव निकालियो, पोस्टमार्टमका लागि काठमाडौं पठाइयो

Image
फाईल तस्बिर

नुवाकोट । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ। सुरक्षाकर्मीले खोजी गर्ने क्रममा बेत्रावतीस्थित एक घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका प्रहरी प्रमुख ९एसपी० विपिन रेग्मीले जानकारी दिए।

उनका अनुसार फेला परेका शवमध्ये १३ जना महिला, ११ जना पुरुष र एक बालक रहेका छन्। शवहरू हालसम्म पहिचान हुन सकेका छैनन्। बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा घरमा ठूलो संख्यामा शव पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

फेला परेका सबै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी रेग्मीले बताए। शवको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।