संसद अधिवेशन अन्त्यको सिफारिस, उपनिर्वाचन मंसिर १६ मा

Image
फाईल तस्बिर

काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

माओवादीले ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो।

यसैगरी सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ।

यसअघि आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको थियो।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।