काठमाडौँ । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन ।
उनले फाइनल राउन्डमा हङ्गेरीका टोरोक तामोसलाई हराए । यससँगै नेपालका सिएम विवेक थिङले नौ चरणको खेलबाट आठ अङ्क जोडेका छनन्। उनले तीन सय युरो पुरस्कार पनि प्राप्त गरेका छन ।
अमेरिका, जर्मनी, डेनमार्क, हङ्गेरी, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटाली र नेपालसहित २८ देशका खेलाडीबिच भएको प्रतिस्पर्धामा विकेकले उत्कृष्ट प्रदर्शन गरे ।
अष्ट्रेलियामा बस्दै आएका विवेक उतैबाट प्रतियोगिता खेल्न हङ्गेरी गएका थिए ।












