न्यूयोर्क । परराष्ट्र मन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ ।संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुदै अमेरिकाको न्यूयोर्क पुगेकी परराष्ट्र मन्त्री डा. राणालाई जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको हो ।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, संयक्त राष्ट्र संघको कुटनीतिक नियोगका स्थायी प्रतिनिधि लोक बहादुर थापा, नेपालका लागि न्यूयोर्कका वाणिज्य दूत चक्र बहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूतहरु, विभिन्न राजनैतिक दल र संघसंस्थाका प्रतिनिधिहरुले न्यूयोर्कको जोन अफ केनडी विमानस्थलमा परराष्ट्र मन्त्री राणाको स्वागत गरेका थिए ।
जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्र मन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनैतिक दलका प्रवासी संगठनहरु, सामाजिक संघ संस्था र नेपाली दूतावास, न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको थियो ।
उनले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कुटनैतिक पहल गरिदिन नेपालीहरुका तर्फबाट परराष्ट्र मन्त्री डा. राणासंग आग्रह गरेका थिए ।












