डडेल्धुरा । वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भिमदत्त राजमार्ग सुचारु भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्गको डोटी जिल्लामा पर्ने घोरडी र गोगनपानीमा पहिरो खसे पछि बुधबार राति देखि नै राजमार्ग अवरुद्ध भएको थियो ।
राजमार्गमा खसेको पहिरो हटाए पछि सुचारु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार राजमार्ग अवरुद्ध हुदा यात्रु बोकेका सवारीका साधान, मालबाहक ट्रकसंगै बिरामी बोकेका एम्बुलेन्स बाटोमै रोकिएका थिए । राजमार्ग सुचारु भएसंगै गाडीहरु आ आफ्नो गन्तव्य तर्फ लागेका छन ।












