पहिरोमा परि एकै परिवारका आठजना बेपत्ता

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ जना पुरिएका छन् । वर्षासँगै शनिवार दिउँसो घरमाथिबाट आएको पहिरोका कारण स्थानीय सानुमान तामाङको घर पुरिएको हो ।

स्थानीय सर्वोद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञान्जमान लामाले पहिरोले सानुमान तामाङ, उहाँका छोरा मानदिप तामाङ, सर्वोद्धार माविको कक्षा २ मा अध्ययनरत छात्रा प्रिया तामाङसहित उनका परिवारका आठै जना पुरिएर वेपत्ता भएको बताए ।

उनले घरमाथिबाट ठुलो पहिरो आएको तथा घरसम्म पुग्न नसक्ने गरी बाटोभरी पहिरो आएका कारण घटनास्थलसम्म जान सक्ने अवस्था नरहेकोले उनीहरुको अवस्था बारे कुनै जानकारी प्राप्त गर्न नसकेको बताए ।