डडेल्धुरा । जिल्ला सदरमुकाममा भएको हाल सम्मकै सर्वाधिक धनराशिको अमरगढी टी-२० प्रतियोगिताको उपाधी परशुराम नगरपालिकाले हात पारेको छ । टुडीखेलमा गत १९ गते देखि सुरु भएको पुरुष प्रतियोगिताको उपाधीसंगै परशुराम नगरपालीकाको टीमले नगद एक लाखसहित ट्रफी जितेको छ । बुधबार भएको फाईनल खेलमा खलंगा ११ लाई ६० रनले पराजित गर्दै परशुराम नगरपालिकाले उपाधी जितेको हो ।
परशुराम नगरपालिकाले पहिले ब्याटिंग गर्दै १५ ओभरमा ७ विकेटको क्षतीमा २२२ रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रेको खलंगाा ११ ले १५ ओभरमा ५ विकेट गुमाउदा जम्मा १६२ रन बनाउन सक्यो ।
सम्मान-समानता-आर्थिक-समृद्धि (डीप) नामक सस्थाले आयोजना गरेको प्रतियोगितामा द्धितिय भएको खलंगा ११ ले ५० हजार नगदसहित ट्रफी जितेको छ । प्रतियोगिताको मुख्य प्रयोजक सुदूरपश्चिप प्रदेश समाजिक विकास मन्त्रालय रहेको डीपका निर्देशक विक्रम जैरुले बताए ।
प्रतियोगितामा जिल्लाका १२ वटा टीमले सहभागिता जनाएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को नियम अनुसार प्रतियोगिताका खेलहरु खेलाईएको उनले बताए । उनका अनुसार प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. गरेका थिए ।
प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्दै सुदूरपश्चिम प्रदेशका समाजिक विकास राज्य मन्त्रि सरस्वती खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको छ।












