नांगो तरबार हातमा घुमाउदै गरिने नाचको प्रख्यात बडालको चौलो (भिडियो)

Image

डडेल्धुरा । नांगो तरबाराको चौलोले प्रख्यात यस वर्षको बडाला जाँत सम्पन्न भएको छ । गन्यापधुरा गाउँपालिका–२ बडालमा रहेको लाटागन्याप देवताकाको पूजाआजा गरी बडाल जाँतमा दाईन दमाह, रुसिंग, भोकर बाजाको तालमा नांगो तरबार नचाएर चौलो खेलिन्छ । धार्मिक शक्ति संगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरे पछि दिउसोको मेला शुभारम्भ हुन्छ । प्राचिनकाल देखि चलिआएको छलिया जाँत हेरे पछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।

दाईन, दमाह, रुईसिंग, भोकर बाजागाँजाका साथ स्थानियहरु हातमा तलवार खेलाई चौलो खेल्दै गाँज नाचाई सके पछि बडाल जाँत सम्पन्न हुने गर्दछ । हात हातमा तरबार खेलाएर नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्ण बहादुर देउवाले बताए । सुदूरपश्चिमकै सबै भन्दा बढी दाईन, दमाहा र भोक्कर बजाईने मेलाका रुपमा समेत बडाल जाँता प्रशिद्ध रहेको छ ।

https://youtu.be/vPQzFxRA3yM