काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जादै छन । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेकी हुन ।
प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदै छन । परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनको चीन भ्रमण हुन लागेको जनाइएको छ ।
परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार यही नोभेम्बरको अन्तिम साता उनले चीन भ्रमण गर्ने गरी तयारी सुरु भएको छ । औपचारिक मिति भने तय भइनसकेको पाठकले बए । चीन भ्रमणको तयारी अनुसारै केही दिनअघि मात्र उनीले नेपालका लागि चीनका राजदूत छन् सोङसँग छलफल गरेकी थिईन ।












