एनपिएलः चितवन राइनोजको विजयी सुरुवात

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमाण्डौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।

काडमाण्डौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

काठमाण्डौंका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।

त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौंले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

काठमाण्डौंका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।