महाकाली नदीमा र्‍याफ्टिंग गर्दै सम्पन्न भयो मेयर फोरम

Image

डडेल्धुरा । नेपाल भारत सिमा नदी महाकालीमा पहिलो पटक व्यवसायीक रुपमा जलयात्रा (र्‍याफ्टिंग)को सुरुवात गर्दै प्रमथ सुदूरपश्चिम मेयर २०८१ सम्पन्न भएको छ । परशुराम नगरपालिकाले परशुराम धाममा आयोजना गरेको प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ मा महाकाली सम्वाद कार्यक्रम गरि काली नदीमा र्‍याफ्टिंग संचालन गरिएको छ ।

काली नदीमा निरन्तर र्‍याफ्टिंग गर्न घोषणा पत्रसमेत जारी गरिएको छ । सोमबार उद्घाटन गरिएको फोरममा सुदूरका सम्भावना बारेपनि चर्चा गरिएको थियो ।

नेपाल सरकारले १६ वटा नदीहरुमा र्‍याफ्टिंग गर्न सकिने भन्दै अनुमती दिएको छ । १६ वटा नदीहरु मध्ये १५ नदीहरुमा र्‍याफ्टिंग गरिदै आएको छ भने महाकादी नदीमा मात्रै र्‍याफ्टिंग संचालन गरिएको थिएन । हाल कञ्चनपुरको भिमदत्त, डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र दार्चुलाको महाकाली नगरपालिकाहरुले आपसि समन्वय गरि र्‍याफ्टिंग संचालन गरिएको हो ।

महाकाली नदीले जोखिम मात्रै निम्त्याउदैन अवसर पनि दिन्छ भन्ने लक्ष्यका साथ व्यवसायीक रुपमा र्‍याफ्टिंग सुरु गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले बताऐ । अब यहाँका स्थानीयहरु लाई रोजगार बनाउन व्यवसायीक रुपमा र्‍याफ्टिंग संचालन गरेका छौ । उनले भने, अब महाकाली नदीमा र्‍याफ्टिंग निरन्तर रुपमा चल्छ, चल्छ, चल्छ ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहयोगमा अहिले परशुराम नगरपालिकासंग दुई वटा र्याफ्ट छन । उनका अनुसार सन २०१९ मा नै र्याफ्ट संचालनका लागि परिक्षण गरिएको थियो । त्यस यता पनि विश्व पानी दिवसका दिन परशुराम नगरपालिका ५ मा अवस्थीत परशुरामधामबाट कञ्चनपुरको भिमदत्त नगरपालिकाको खल्लामसेट्टीसम्म दुई पटक नदीमा र्‍याफ्टिंग संचालन गरिएको थियो ।

हाल रुडक, अक्सफामलगायत निड्स नामक गैरसरकारी संस्थाहरुको सहयोगमा स्थानीय सरकारहरुले समन्वय गरि र्‍याफ्टिंग संचालनमा ल्याउन सफल भएको नगर प्रमुख बडायर जोशीले बताए । उनका अनुसार नगरपालिकाले अहिले धादिंग जिल्लाबाट र्‍याफ्टिंग गर्ने अनुमती पत्र भएका दुई जना दक्ष चालकलाई मगाएको छ । उनीहरुले चार महिनासम्म यहाँका स्थानीयहरु लाई र्‍याफ्टिंग चलाउन सिकाउने छन । नदीको अवसर र बढ्दो बेरोजगारीलाई कम गर्न नगरपालिकाले केही दिन अघि र्‍याफ्टिंग संचालन गर्न तालिमका लागि सूचना आह्वान गरेको थियो ।

अबका चार महिनासम्म महाकाली नदीमा र्‍याफ्टिंग चालउन तालिमसमेत दिईने नगरप्रमुख जोशीले बताए ।

महाकाली सम्वादमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल, भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, परशुुराम नगरपालिकाका नगर प्रमुख जोशी, रुडक केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक कृष्णकुमार श्रेष्ठ, नीजि क्षेत्रबाट र्‍याफ्टिंग संचालन गर्दै आईरहेको नेपाल एसोसियसन अफ र्‍याफ्टिंग एजेन्सी (नारा) का अध्यक्ष शिव अधिकारी, निड्सका कार्यक्रम संयोजक आकृती अवस्थी सम्भावना, अवसरहरु बारे चर्चा गरेका थिए ।

काली नदीमा र्‍याफ्टिंग निरन्तर रुपमा संचालन गर्न सके रोजगारीका अवसरहरु सिर्जना हुने छन । र्‍याफ्टिंगसंगै धार्मिक पर्यटक, हाईकिंग, ट्रेकिंगका योजना अघि बढाईनु औल्याईएको छ । महाभारत र चुरे पर्वतको सिमानामा परहेको तपोभूमी परशुराम क्षेत्रलाई प्रबद्र्धन गर्न सकिन्छ । परिगाउँलगायतका वस्तिहरुमा होम स्टे संचालन गर्न सकिन्छ । यसले रोजगारीका अवसरहरु सिर्जना हुन्छन ।

सम्वादमा सहभागी वक्ताहरुले र्‍याफ्टिंगको राम्रो सम्भावना भएकाले परशुरामधाम क्षेत्रलाई पर्यटकको हव बनाउन सकिने चर्चा गरे । स्थानीय साधनस्रोतहरुको अधिकतम प्रयोग गरि पर्यटकलाई आकर्षण गर्न सकिनेमा वक्ताहरुको जोड थियो ।