परशुरामको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माविलाई

Image

पदम जोरा, डडेल्धुरा । परशुराम नगरपालिकाद्वारा आयोजीत १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी मावि परिगाउँले जितेको छ । विभिन्न विधाका प्रतियोगितामा भुवनेश्वरी नमुना माविले २७ स्वर्ण १० रजत र ४ कास्य पदक जिन्दै उपाधी हात पारेको हो ।

शनिवार सम्पन्न प्रतियोगितामा भागेश्वर मावि कटालले ९ स्वर्ण, २ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ३ रजत र १ कास्यमा जित निकाल्दै शिद्धनाथ मावि जयपुर जोगबुडा तेस्रो भएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ६ कास्यसहित सिताराम मावि कुरमुल्ले चौथो भएको छ । २ स्वर्ण, २ रजत र ४ कास्यसहित जनज्योति मावि गाइबाधे पाँचौ स्थानमा रहेको छ । २ स्वर्ण, २ रजत र ३ कास्य पदकमा जित निकाल्दै शिद्धनाथ मावि चन्दनी छैटौं स्थानमा रहेको छ ।

यता भागेश्वर मावि सलौनले १ स्वर्ण, ८ रजत र ३ कास्यमा जित निकाल्दा सातौ स्थानमा छ । आठौं स्थानमा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित बैजनाथ मावि जमरानी छ । शैलेश्वरी मावि तुलाभाडिले १ स्वर्ण, ५ रजत र २ कास्य हात पारि नवौ स्थानमा रहेको छ । १ स्वर्ण, १ रजत र २ कास्यसहित शिवपार्वती मावि पोखरी दशौ स्थानमा छ ।

एघारौं स्थानमा कैलपाल मावि बोडाले ३ रजत र ५ कास्य जितेको छ। वाह्रौ स्थानमा २ रजत र २ कास्य जितेको भागेश्वर मावि बशौटी र शिवसंकर मावि सादनि रहेका छन ।

तेह्रौं स्थानमा ३/३ कास्य जित्न सफल भागेश्वर मावि शिर्ष र बैजनाथ मावि सलेता रहेको आयोजकले जानकारी दिएको छ । ग्रिनभ्याली इङ्गलीस वोर्डिक स्कुल जोगबुडा र शिद्धनाथ मावि परशुराम ७ मलासले कुनै विधामा पनि स्थान ल्याउन नसकेको आयोजकको अन्तिम सार्वजनिक नतिजामा उल्लेख छ ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस् ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहिवारदेखी सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तरगत हरेक वर्ष झैँ यस वर्ष पनि प्रतियोगिताको आयोजना परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्गमैदानमा भएको थियो ।

प्रतियोगितामा नगरपालिकाका सामुदायिक र संस्थागत गरि १७ माध्यमिक बिद्यालय सहभागीता रहेको थियो । प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिव ९ सय बढि छात्र/छात्रा सहभागी भएका थिए ।

प्रतियोगिता तीन दिन सम्म सब्य, भव्य र मर्यादित तवरबाट सम्पन्न भएको आयोजकले जनाएको छ । बिहिवार सामाजिक विकास समिति संयोजक तथा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक देव बहादुर बोहराको अध्यक्षता तथा नगर(प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा उदघाटन भएको थियो ।शनिबार जिल्ला समन्वय समिति सदस्य लिला धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको थियो ।

शनिवार नै नगरपालिकाले छात्र/छात्रा नगरको आधीकारिक भलिवल र कबड्डि खेलको टिमसमेत घोषणा गरेको छ । प्रतियोगिता अवधिमा विभिन्न विधामा सहभागी उत्कृष्ट खेलाडीलाई समेत ट्रफिद्वारा सम्मान गरिएको छ ।