मलासवासीको पीडाः कञ्चनपुरमा गाभिदिए हुन्थ्यो, एकै दिन आउजाउ गर्न सकिन्थ्यो

Image

डडेल्धुरा । परशुराम नगरपालिकाको मुकाम लालढुंगा बजार जान एक दिन पुरै लाग्छ । आज गए अर्काे दिन फकिर्नुपर्छ । परशुराम नगरपालिका वडा नं. ७ का ७९ वर्षीय जेष्ठ नागरिक दत्तु बोहराले भने, आफ्नै पालिकाको मुकाम आउजाउ गर्न दुई दिन लाग्ने भएकाले मसलास क्षेत्रलाई कञ्चनपुर जिल्लामा गाँभिदिए निकै सहज हुन्थ्यो ।

यो क्षेत्र लाई कञ्चनपुरमा गाभिदिए राम्रो मान्थीयौ । उनले भन, नजिक हुन्थ्यो हाम्रा त । बिहान गएर बासा घर पुगिने । एक दिन मै आउजाउ हुने । सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा खाता खोल्नु पर्ने भने पछि जोगबुडा जान नसकेर महेन्द्रनगर बजारका बैंकमा पुगेर खाता खालेको उनले सुनाए । भत्ता बुझ्न पनि महेन्द्रनगर जान सहज हुने उनको भनाई छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिकासंग सिमा जोडिएको मलास क्षेत्र डडेल्धुरा जिल्ला सदरमुकामबाट करिब ११५ किलोमिटरको दुरीमा छ । परशुराम नगरपालिका ७ मा पर्ने मलास क्षेत्र परशुराम नगरपालिकाको मुकाम लालढुंगाबाट भने करिब ३० किलोमटिरको दुरीमा छ । महेन्द्रनगरबाट भने १६ किलोमिटर मात्रै छ । दुरीका हिसाबले धेरै विकट नभएपनि चुरेको वस्ति मलास क्षेत्र ग्रामिण सडक, बिजुली नहुनु, खानेपानीकोसमेत समस्या भएकाले स्थानीयहरुले समस्या झैल्दै आईरहेका छन ।

चुरेको मलासमा गैरीखान, काजिगडा, दधिगडा, बस्नेउटा, खोरिया, पिपलकोट, बड्डीमलास, भूमीथला, नाउला, ज्यामिरेगडा, रैचेनी र कसान गरि १२ वटा वस्तिहरु रहेका छन । करिब अढाई सय घर धुरी रहेको मलास क्षेत्रको जनसंख्या करिब चार हजार छ ।

केही वर्ष अघि मात्रै सडक संजालसंग जोडिए पनि नियमित यात्राुबोक्ने गाडी संचालन हुदैनन् । हल्का वर्षा हुदा चुरेका सडकहरु अवरुद्ध हुन्छन । बिजुुली अहिलेसम्म पुगेको छैन । स्थानीय धनबहादुर धामीले भने, गाउँमा एउटा आधारभूत विद्यालय, एउटा मावि र एउटा स्वास्थ्य चौकी भने रहेको छ । प्लस टु देखि उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीले अन्यत्र जानुपर्ने अवस्था छ भने औषधी उपचारका लागि कम्तिमा पनि १० हजार रुपियाँमा जिप बुकिंग गरेर महेन्द्रनगर वा अन्यत्रका अस्पताल पुगाउनु पर्ने बाध्यता छ ।

गहु पिठो बनाएको प्रतिकेजी ११ रुपियाँ छ । स्थानीय जनक धामीले भने, बिजुली छैन । डिजेलबाट चल्ने मिल छ । अहिले सडकमा गाडी चल्ने बेला महेन्द्रनगरका मिलमा गहु पिसेर ल्याउदा प्रतिकेजी सात रुपियाँ पर्छ । तर बर्खाका चार महिना सडक अवरुद्ध भएपछि प्रतिकेजी ११ रुपियाँमा गहु पिस्नु पर्ने बाध्यता छ ।

महेन्द्रनगरबाट एक कुन्टल सामान मलास पुगाएको एक हजार रुपियाँ तिर्नु पर्ने बाध्यता रहेको उनले बताए । महेन्द्रनगरबाट मसालमा अहिले एक जिप मात्रै संचालनमा छ । धामीका अनुसार मलासबाट एउटा खसी वा बाख्रा महेन्द्रनगर पुगाएको गाडी भाडा तीन सय रुपियाँसम्म भाडा तिर्नु पर्छ । एक जना यात्रु बराबर खसी, बाख्राको भाडा लिईने गरेको उनले बताए ।

परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीका अनुसार मलास क्षेत्रमा बिजुली पुगाउन गत वर्ष देखि पोल गाड्ने र तार तान्ने काम भईरहेको छ । मलासको पहिलो वस्ति गैरखानसम्म पोल गाडेर तार तानि सकिएको छ । तर चुरे पर्वतको कोमल भूभाग वर्षा हुदा उच्च भूक्षीकरण र पहिरो खस्ने भएकाले केही पोलहरु ढलेका छन । अहिले पनि मर्मतको काम भईरहेको उनले जानकारी दिए ।

मलासमा क्षेत्र र सबै गाउँमा सडक भने पुगाईएको छ । तर वर्षाले सडक भत्कने, पहिरो गई अवरुद्ध हुने समस्या धेरै छ । अहिले पनि नगरपालिकाको जोडरले सडक खुलाउने कार्य गरिरहेको उनले बताए । माथिल्लो मलासका गाउँमा केही वर्ष पहिले सोलार लिफ्ट खानेपानी योजना निर्माण गरि घरघरमा धारा बनाईएका छन । तल्लो वस्तिहरुमा भने लिफ्ट सिचाई योजना निर्माण गर्नुपर्ने देखिएको छ ।

मलासवासीका समस्या सामाधानका लागि नगरपालिका तत्पर भएपनि सिमित बजेट, स्रोत, साधनले एकै पटक ठूलो फड्कोे मार्न नसकेको उनको भनाई छ ।