चुरेको ऐतिहासिक मलासः अभावमा सम्भावना खोजीरहेकाहरु (भिडियो)

Image

डडेल्धुरा । कोमल भूभागको पहाड चुरे पर्वत । कयौ जातजातीहरुले बसोबास गर्दै छोडेको र कैयौ वस्तिहरु अभावै अभावमा बाचि रहेको, मलास । जसले धार्मिक, ऐतिहासिक र जीवन पद्धतीको कथा बोकेको छ । हाल यहाँ बस्नेहरुको व्यथा पनि बोकेको छ । कथा, व्यथा अभावका चुरे पहाडमै सम्भावना पनि देखाएको छ ।

परशुराम नगरपालिका वडा नं. १२ पालिकाको मुकाम लालढुंगा बजार हो । लालढुंगा बजार क्षेत्र विस्तार हुदै छ । सडक कालोपत्र भईसकेको छ । लालढुंगाबाट कञ्चनपुरको दैजी बजार करिब ३५ किलोमिटर मात्रै छ । जोगबुडा, गाईबाँधे, लिप्ना हुदै बिचमा पर्ने एउटा चुरे पर्वत छिचोले पछि दैजि क्षेत्र आउछ । यहि सडक खण्ड भएर मलास जाने सडक पनि जोडिएको छ ।

मलास कञ्चनपुरको भिमदत्त नगरपालिकासंग जोडिएको छ । चुरेको झिलमिला ताल माथि मलास पर्दछ । केही कालोपत्रे सडकखण्डको यात्रा पछि खानिडाडाबाट जमरानी गाउँहुदै मलास जाने सडक बाटो छुटिएको छ ।

सडक बनेका छन । कालोपत्र एवं स्तरोन्नती कामहरु भएका भईरहेका पनि छन । प्रकृतिले भौतिक संरचनाहरुमा क्षती पुगाई रहेको देख्न सकिन्छ । निर्माण गरिएका भौतिक संरचनाहरुमा ठूलै क्षती भएको छ । गाडीएका बिजुलीका पोलहरु ढलेका छन । तारहरु चुडिएका छन । सडकहरु भत्किएका छन । तर यी सबै चुनौती बावजुत कामहरु पनि अघि बढि रहेकै छन ।

यहाको मुख्य पेखा कृषि र बाख्रा पालन हो । आकाशे पानीको भरमा गरिने कृषिले ६ महिना पनि खान पुग्दैन । बाख्रा पालनबाट भने यहाँका स्थानीयहरुले जीवन निर्वाह गरिरहेका छन । एक खासी वा बाख्रा महेन्द्रनगर बजार पुगाएको गाडी भाडा करीव तीन सय रुपैया सम्म पर्छ । कञ्चनपुरको महेन्द्रनगर बजार १६ किलोमिटर मात्रै दुरीमा छ । करिब ७ किलो मिटर ग्रामिण कच्चि सडक भएकाले यात्रुबहाक गाडी संचालनमा छैनन् । जसले गर्दा गाडी भाडा महंगो पर्न जान्छ । एक किलो गहु पिसेको ११ रुपैया पर्ने भएकाले यहाँका सबै घरमा ढुंगाका जातो देख्न सकिन्छ ।

मलासले मानव वस्तिको इतिहास बोकेको छ । धार्मिक रुपमा पनि पाण्डव एवं महाभारतका योद्धा भिमसंग साइनो गाँसेको छ । तत्कालिन राजाहरुको दरबार पनि रहेको भग्नावशेष, ठाउँ ठाउँमा रहेका पिपलका रुखहरुले यहाँको नामव सभ्यता, संस्कृतीलाई झल्को दिईरहेका छन । चुरेको वस्तिले अभाव, समस्या झेली रहेको छ । तर पनि ती अभाव, समस्यालाई चुनौती दिदै मलासवासीले अवसरहरु खोजी रहेकै छन ।