डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको आन्तरिक छात्र/ छात्रा भलिबल प्रतियोगिता

Image

डडेल्धुरा । नेपाल विद्यार्धी संघले डडेल्धुरा बुहमुखी क्याम्पसमा आन्तरिक छात्र र छात्रा भलिबल प्रतियोगिता संचालन गरेको छ । क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य बनाउन खेलकुद प्रतियोगिताको आयोजना गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए ।

उनका अनुसार सामुदायिक एकता र सामाजिक सद्भाव बढाउने माध्यमका रुपमा खेलकुद क्षेत्र भएकाले नेपालको राष्र्टिय खेल भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा क्याम्पसका सात वटा विद्यार्थी समुहहरुको सहभागिता रहेको उनले बताए । क्याक्समा गत वर्ष भने कबड्डी प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

विद्यार्थी खेलाडीहरुको खेल प्रति उत्साह बढाउने भएकाले प्रतियोगिताको आयोजना आवश्यक भएको क्याम्पस प्रमुख बुढाले बताए । उनका अनुसार खेलकुद महत्व र धेरै फाइदाहरु रहेका छन । आन्तरिक प्रतियोगिताहरुले विद्यार्थीहरु लाई अनुशासित बनाउनुकासाथै एकता ल्याउने, युवाहरुको आत्मविश्वास र नेतृत्व विकासमा सहयोग पुगाउने उनको भनाई छ ।