डडेल्धुरा । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको डडेल्धुरा जिल्ला अध्यक्षमा करन बोहरालाई मनोनयन गरिएको छ । लामो समयपछि बोहरालाई पार्टीले कार्यवाहक अध्यक्षमा मनोनयन गरेको हो । अमरगढी नगरपालिका ११ का स्थाईवासी बोहरा वडासमस्य समेत रहेका छन । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

उनलाई शुक्रवार नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले कार्यवाहक अध्यक्षमा मनोनयन गरि पदस्थापना गरेको छ । यस अघि तरुण दलको जिल्ला अध्यक्षमा शेरबहादुर साउद थिए । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नवदुर्गा गाउँपालिका वडा नं. ११ को वडा सदस्यमा निर्वाचित भएका थिए ।
उनको कार्यकाल सकिएको एक दशक बढी भएपनि जिल्ला अधिवेशन नहुदा साउदले नै तरुण दलको नेतृत्व सम्हालेका थिए । जिल्ला अधिवेशेनलगायत तरुण दल संगठन अझ सबल, सशक्त र प्रभावकारी बनाउन बोहरालाई कार्यवाहक अध्यक्षमा मनोनित गरिएको नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमतिका उपसभापती एवं नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मिप्रसाद अवस्थीले बताए ।
बोहरालाई पार्टी कार्यालयमा पदस्थापनासंगै बधाई र शुभकामना दिईएको छ । निवर्तमन अध्यक्ष साउदले बोहरालाई कार्यवाहक जिल्ला अध्यक्षको मनोनयन पत्र हस्तान्तरण गरेका छन । उनको कार्यकालमा लोकतन्त्र, युवाको हकअधिकार र समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान रहने विश्वास लिईएको साउनले बताए ।












