सुदूरपश्चिममा आम सञ्चार विधेयक पास हुन्छः मन्त्री सार्की

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्कीले आम सञ्चार विधेयक पास हुने बताएका छन । डडेल्धुरा जिल्ला सदरमुकामा शनिबार देखि सुरु भएको एफ.एम. रेडियोमा कार्यरत पत्रकारहरुको क्षमता विकास सम्बन्धि कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सार्कीले अब बस्ने सदनबाट आम सञ्चार विधेयक पास हुने बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री सार्कीले आम सञ्चार नीति बनाएर स्विकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालयले हालसम्म पनि स्विकृत नगरेर रोकिराखेको छ ।

हामिले सञ्चारकर्मीहरु संग गरिएको छलफलको आधरमा आम सञ्चार नीति बनाएर स्विकृतिका लागि अर्थमन्त्रालयमा पठाएका छौ । उनले भने, तर अर्थले अहिलेसम्म अट्काई राखेको छ । उनले अब बस्ने संसदको अधिवेशनबाट आमसञ्चार विधेयक पास गराउने प्रतिबद्धता व्यक्त गरे । राज्यको चौथो अंग पत्रकार र पत्रकारिताको समग्र हित, विकास र प्रवद्र्धनका लागि सँधै लागिपर्ने उनको भनाई थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म पनि सञ्चार माध्यमहरूको विकास, सञ्चालन, नियन्त्रण र प्रयोगसम्बन्धी नीति, नियम तथा निर्देशिकाहरु बनाउन सकेको छैन । सञ्चार माध्यमलाई समुचित र उत्तरदायी बनाउनुसाथै अभिव्यक्ति स्वतन्त्रता, जनताको सूचनाको हक र राष्ट्रिय हितबीच सन्तुलन कायम गर्न पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती तथा सम्पुर्ण सञ्चारकर्मीहरुले मिडिया मैत्री आम सञ्चार नीतिको माग सहित दबाव दिदै आईरहेका छन ।

पछिल्लो समय पत्रकार र पत्रकारिता पेशामा आवद्ध पत्रकारहरुको पेशा धारासाही बन्दै गएको छ । यस बिषयमा राज्यले चासो दिनुपर्ने, आमसञ्चार नीति ल्याउनुपर्ने, पत्रकारहरुका पेशागत हक हित र सुरक्षामा राज्यले उचित नीति बनाउनुपर्नेमा वकालत गर्दै आईरहेको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष भरत बहादुर शाहले बताए ।

कार्यक्रमका सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका विभिन्न रेडियोमा कार्यरत स्टेसन मेनेजरहरुको सहभागिता रहेको उनले जानकारी दिए ।