सार्वजनिक सुनुवाईसंगै गन्यापधुराले गर्यो उत्कृष्टहरु लाई सम्मान

Image

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका योजना, खर्चको विवरणसंगै विभिन्न बिधामा काम गरिरहेका उत्कृष्ट पालिकाबासीलाई पुरस्कारसहित सम्मान गरेको छ । गत आर्थिक वर्षको कुल बजेट ४८ करोड २२ लाख रकम रहेको जम्मा निकासा ४४ करोड ३५ लाख भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिलिप तामाङले जानकारी दिए ।

उनका अनुसार यसमध्ये ३७ करोड ३४ लाख रकम खर्च गरिएको छ । यो झण्डै ८५ दशमलब १७ प्रतिशत हुन आउछ । भौतिक प्रगती ७३ दशमलब ४८ प्रतिशत, वित्तिय प्रगती ८४ दशमलब १७ प्रतिशत रहेको उनले बताए ।

गन्यापधुरा गाउँपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । ५२ लाख लक्ष्य लिएकोमा झण्डै ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तामाङले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा करिब पाँच लाख बढी राजस्व संकलन भएको छ ।

राजस्व संकलनमा गाउँपालिकाले १६ लाख ४५ हजार, वडा नं. १ ले ८ लाख ६३ हजार, वडा नं. २ ले १० लाख ५२ हजार, वडा नं. ३ ले सबैभन्दा बढी ११ लाख ६९ हजार, वडा नं. ४ ले ५ लाख २५ हजार र वडा नं. ५ ले ४ लाख ४२ हजार रुपैयाँ गरि गाउँपालिकाको जम्मा राजस्व संकलन रकम ५६ लाख ९९ हजार पुगेको उनले जानकारी दिए । बढी राजस्व संकलन गर्ने वडा नं. २ र ३ लाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका जोड्ने एउटा पनि सकड कालोपत्रे नभएको भन्दै स्थानीयले सडक कालोपत्रे कहिले हुने भनी प्रश्न गरेका थिए । सडक कालोपत्रे नभएकै कारण कच्चि सडकमा यात्रा र मालसामान ढुवानी गर्ला चर्को भाडा तिर्नु पर्ने बाध्यताको अन्त्य कहिले हुन्छ ? भनेर पनि प्रश्न उठेको थियो ।

कोल्ड स्टोर निर्माण गरिए पनि संचालन हुन नसकेको, सरकार र जिल्ला दररेटमा ढुवानी र कामदार पाउन नसक्दा योजनामा घाटा हुने गरेको, भत्केका सडक मर्मत नभएको, सडक निर्माणका योजना अधुरै रहेको, सडक मर्मत हुन नसकेको, गाईगोरु सकमा छाडा छोडिएको र व्यवस्थापन हुन नसकेको, बाटोघाटो पक्कि हुन नसकेको प्रश्न गर्दै स्थानीयहरुले काम कहिले हुने भनी समय तोक्न माग गरेका थिए ।

जवाफमा गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर कार्कीले सडक कालोपत्रेको माग सबै पालिकाबासीको रहेको उल्लेख गर्दै भातकाडा–रुवाखोला–रेल सडक कालोपत्रेको काम भईरहेको र चालु आवमा ९ करोड रकम विनियोजन भई थप काम हुने जानकारी दिए । सडक कालोपत्रे भएपछि भाडा दरपनि कम हुने उनको भनाई थियो ।

सडक विभागले ठेक्का लगाएको यस सडकमा ठेकेदारले काम नगरिदिदा पालिकाबासी सबैले सास्ति खेप्नु परेको उनले बताए । यस्तै रडुवा–बडाल र कैलपालमाण्डौ–बडाल सकडमा ३/३ करोड रकम प्राप्त भएको र विस्तरको काम हुने बताए । अन्य सडक मर्मतका लागि पालिकाले पनि बजेट विनियोजन गरेको उनको भनाई थियो ।

कोल्ड स्टोर निर्माण भई विद्यतु प्राधिकरणले ट्रान्सफर्मर पनि खरिद गरेको तर जडन नगरिएको उनले बताए । कोल्ड स्टोर संचालनका लागि प्राबिधिक ज्ञान नहुदा समस्या भईरहेको उनले बताए । छाडा पशुचौपायाको व्यवस्थापनका लागि तथ्यांक संकलन गरि छाडा छोड्नेलाई कार्वाही गर्ने प्रक्रिाया अघि बढाएको र केही स्थानीयले व्यवस्थापनका योजना ल्याएकाले पालिकाले केही प्रतिशत रकम छुट्याउने आाश्वानि उनले दिए । कच्चि र जोखिपूर्ण बाटो घाटो निर्माणका लागि यस वर्ष एउटा वस्तिमा मात्रै १० लाख रकम विनियोजन गरिउको उनले बताए ।

कार्यक्रमा २०८१ को मावि परिक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याउने जनता मावि सकायलका विद्यालय व्यवस्थापन अध्यक्ष मान बहादुर शाही, प्रधानाध्यापक मिन बहादुर शाही, सरस्वती मावि भातकाडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय भट्ट, प्रधानाध्यापक कुमारी ईश्वरी भट्टलाई सम्मान गरिएको थियो । विद्यालयहरुलाई प्रोत्साहान वाफत १/१ लाख रकमसमेत प्रादन गरिने छ ।

यसैगरि पालिकाबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट क्रिकेट खेलाडी किरण देउवा, बक्सिङ खेलाडी तेज बहादुर देउवा, मिस ग्राण्ड नेपाल प्रतियोगितामा सहभागी भई सुदूरपश्चिम प्रदेश उपाधी जित्न सफल मीना कुमारी देउवालाई सम्मान गरिएको थियो ।

यस्तै शिक्षक पेशाबाट निवृत्त भएका गंगाराम फुलारा, प्रकाश बहादुर ऐर, गोपालसिंह देउवालाई पनि सम्मान गरिएको थियो । २०८१ सालको आधारभुत शिक्षा परिक्षामा कक्षा ८ मा गाउँपालिका प्रथम सुरेन्द्र ओली, द्धितिय अस्मिता सेटी र तृतिय हुन सफल रुक्मणी देउवालाई पनि छात्रबृत्ति रकमसहित सम्मान गरिएको थियो । यसैगरि २०८१ सालको मावि शिक्षा परिक्षामा गाउँपालिका प्रथम भएका माधव धामी, द्धितिय भएकी आरती भट्ट र तृतिय भएकी एञ्जल भट्टलाई पनि छात्रबृत्ति रकमसहित सम्मान गरिएको थियो ।

यसैगरि १५औं जिल्ला स्तरीय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता २०८१ मा छात्रा ३ हजार मिटर दौडमा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी खेलाडी भावना कुमारी देउवा र छात्रा भलिबलमा प्रथम हुन सफल दिनेश ताम्राकार, दिर्घ भुल, तपेश चन्द, ललित देउवा, करन भुल, धिरज धामी, निरज साउद, पवन बिष्ट, अमित धामीलाई सम्मान गरिएको थियो ।

यसै गरि सुदूरपश्चिमको कला संस्कृतीलाई जगेर्ना एवं प्रद्र्धन गरिरहेका देउडा गाएकहरु रोहित देउवा, दिर्घराज फुलारा र योगेश पालनलाई पनि सम्मान गरिएको थियो भने उत्कृष्ट किसानका रुपमा १८ जना किसानहरुलाई समेत नगदसहित सम्मान गरिएको थियो । यसै गरि विभिन्न उपभोक्ता समितिका अध्यहरुलाई समेत सम्मान गरिएको वडा नं.२ का अध्यक्ष मनोज देउवाले जानकारी दिए ।