जेनजी आन्दोलन बारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

Image

बालुवाटार राखियो राष्ट्रिय सुरक्षा परिषदको बैठक

काठमाडौं । जेनजी आन्दोलन बारे छफल गर्न मन्त्रिीपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शन जारी छ ।

बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकिएको छ । अहिले सुरक्षा निकायका प्रमुखहरू बैठक बस्न प्रधानमन्त्री निवास बालुवाटार जाँदै छन् ।

बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । बैठकमा रक्षामन्त्री मानवीर राई, गृहमन्त्री रमेश लेखक, लगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् । काठमाडौंमा भएको जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएका १४ जनाको अहिलेसम्म मृत्यु भइसकेको छ।

बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन मत्थर भएको छैन । सिभिल अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । मृतकको संख्या क्रमशः बढिरहेको छ।