काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो ।
सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखेको थियो । त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ ।
सुरक्षाका लागि भनेर सेनाले नियन्त्रणमा लिएकाहरुको मोबाइल चलाउन रोक लगाएको थियो ।
तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो । आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।












