डडेल्धुरा । जिल्लाको पूर्व उत्तरमा रहेको नवदुर्गा गाँउपालिका १ स्थित ऐरोडामा जिल्ला स्तरीय खुल्ला टि-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जय भूवन युवा क्लवले आयोजना गर्ने प्रतियोगिताको तेश्रो संस्करण बिहिबार देखि सुरु भएको हो ।
जय भुवन युवा क्लवले विजया दशमी तथा दिपावलीको अवसर पारेर क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।
पर्यटन प्रवद्र्धन र सामाजिक सद्धभावसहित स्वास्थ्यकालागी खेलकुद भन्ने मुल नाराका साथ क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाका १५ वटा टिमले प्रतिशपर्धा गर्ने छन ।
प्रतियोगिताको औपचारिक कार्यक्रमका बिच नवदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीले उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल क्रिकेट संघका सुदूरपश्चि समिति अध्यक्ष बाशुदेव जोशी उपस्थित भएका थिए ।
क्रिकेट प्रतियोगिता अन्तराष्ट्रिय क्रिकेट परिषदको नियमानुसार खेलाईने र यहि असोज १४ गते प्रतियोगिताको फाईनल प्रतिशपर्धा गरिने मुख्य अम्पायर निरज रावलले बताए ।












