डडेल्धुरा । निःशुल्क स्वास्थ्य शिविरमा ३४२ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन । गन्यापधुरा गाउँ पालीका ४ मा रहेको कैलपालमाडौं स्वास्थ्य चौकीमा एक दिने निः शुल्क प्रजनन् स्वास्थ्य सम्बन्धि शिविरमा उक्त संख्यामा स्थानीयहरुले सेवा पाएका हुन ।
शिविरमा स्त्री रोग बिषेशज्ञ चिकित्सक चेकजाँच र उपचारमा खटिएका थिए । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्राालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा बिहिबार शिविर सम्पन्न भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण शहरका अस्पतालसम्म पुग्ने पहुँच नभएका , पाठ्यघर सम्बन्धि समस्या लुकाएर बसेका गाउँ घरका महिलाहरुकालागि विशेष शिविरको आयोजना गरिएको थियो ।
स्वास्थ्य चौकी प्रमुख किशोर कुमार पाण्डेयका अनुसार आर्थिक अभावमा घरबाट टाढा गएर स्वास्थ्य समस्याको उपचार गर्न नसक्नु एवं सामाजिक विभेदका कारण पनि रोग लुकाएर बसेका महीलाहरुको घर आग्नमै उपचार गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको थियो ।
आफ्नै गाउँ घरमा बिषेशज्ञ सेवा पाउँदा महिलाहरु खुलेर आउने गरेको स्त्री रोग बिषेशज्ञ डा. पुनम गुरुङले बताइन । शिविरमा डडेल्धुरा अस्पतालका स्वास्थ्यकर्मीले शेवा प्रदान गरेका थिए । स्त्री प्रजनन् रोग बोहक अन्य बिरामीहरुको पनि सामान्य चेकजाँच पछि निःशुल्क औषधि वितरण गरिएको उनले बताए ।











