काठमाडौं । जेनजी आन्दोलनमा आक्रमणपछि नेपाली कांग्रेसका सभापति पहिलोपटक सार्वजनिक भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय सानेपा आएका हुन् । उनी पत्नी आरजु राण देउवासँगै उपस्थित भएका थिए ।
अहिले उनी केन्द्रीय कार्य सम्पादन समितिमा बोलिरहेका छन् । उनले बोलेलगत्तै केन्द्रीय समिति बैठक स्थगित हुनेछ । सभापति देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग केन्द्रीय कार्य समिति बैठकको कार्यसूचीमा कुरा नमिलेपछि आजको बैठक स्थगित गर्न लागिएको हो ।
बैठकमा सहभागी हुन पुगेका सभापति देउवालाई स्वास्थ्य अवस्था कस्तो छ भनी पत्रकारले सोध्दा उनले ‘ठिक छ, ठिक छ’ भन्दै जवाफ फर्काएका छन् ।
जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देउवा निवासमा भएको आक्रमणपछि उनीहरू पहिलोपटक आज सार्वजनिक भएका हुन् ।













