डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं शिक्षा विभाग संयोजक नैन सिंह महरले कांग्रेस र सभापती शेर बहादुर देउवाको विराशत धान्ने आफुहरु भएको बताएका छन । देउवा एवं उनको आफ्नै गृह जिल्ला डडेल्धुरा पुगगेका नेता महरले देउवाको उत्तराधिकारी आफु भएको समेत दावि गरे । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी मात्रै नभई राज्यकै विराशत धान्न तयार रहेको बताए ।
नेता महरले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको कुटपिट तथा निवासमा गरिएको आगजनीको घटनाको निन्दा गरे । जेनजी जेनेरेशनको आन्दोलन पछि सिर्जना भएको अहिले परिस्थितीमा सार्वजनिक पद धारण नगरेका व्यक्तिहरु राज्य संचालनका लागि आवश्यक परेको उल्लेख उनले गरे । उनले पार्टीको राजनीति गर्दा गर्दै ५० वर्ष उमेर पुगेपनि युवाको रोजाईमा परेकाले आफुहरु योग्य रहेको बताए ।
नेपाली काँग्रेसमा सभापती देउवाले स्वास्थ्य स्थितीका कारण उपसभापतीलाई कार्यबहाक दिई अभिभावकको दायित्वमा बसेको उनले बताए । कांग्रेस भित्र कुनै गुट नहुने गरि देउवा गुटभन्दा माथि पुगेकाले अब पार्टी राजनीतिमा दोस्रो वरियताका नेताहरु मानै रहेको बताए ।
रामचन्द्र पौडेल राष्ट्रपती हुनुहुन्छ । शेरबहादुर देउवा कांग्रेसको विधानसम्वद पनि तेस्रो पटक सभापती बन्नु हुन्थेन । तर उहाँमाथी भएको आक्रमणले स्वास्थ्यमा समस्या पनि छ । हामि उहाँको स्वास्थ्य लाभको कामना गर्छौ । उनले भने, अब उहाँहरु पछि महामन्त्री लगायत पार्टीमा ८० प्रतिशत नेता युवा हुनुहुन्छ । नेपाली कांग्रेस युवाहरुको पार्टी भएकाले फागुन २१ को चुनावमा जेनजी पुस्तालाई समेत समेटेर सहभागी हुनेमा केन्द्रिय बैठकमा छलफल हुने उनले बताए ।
जेनजीका मागहरुमा नेकपा एमालेको नेतृत्व र कांग्रेस सझेदार सरकारल तरंगित हुला त्यो भित्रको घुसपैठ अथवा आन्दोलन नियन्त्रण हुननसक्दा नेपाली स्वाभीमान माथि चोट पुगेको उनले बताए । सत्तामै भएकाहरुले जेनजीको आन्दोलमा विध्वंस मच्चाएको हुन सक्ने र जनताको रिपोर्ट आउन बाँकी रहेको उनको भनाई छ ।
नेता महरले फागुन २१ गते ताकिएको निर्वाचनका लागि सरकारले सबै राजनीतिक दलहरूलाई विश्वस्त बनाउनुपर्ने धारणा राखे । उनले सरकारले आवश्यक पूर्वाधार, तयारी, जनताको मनोबल बढाउने, दलहरूसँग संवाद गर्ने र अन्तर्राष्ट्रिय जगतसँग एकखाले विश्वस्तता आर्जन गर्ने कुनैपनि काममा आफूलाई बामे सार्ने काम नगरेको बताए ।
उनले प्रजातन्त्रको प्राणवायु भनेको आवद्यिक निर्वाचन भएकोले काँग्रेस चुनावको वातावरण भए चुनावमा जाने पनि स्पष्ट पारे । उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रीय कमिटिको बैठकले चुनावमा जाने निर्णय गर्छ होला । चुनाव हुन नसके संसद् पुनस्र्थापनाबाट संविधानलाई लिकमा ल्याउने काम पार्टीले गर्छ ।’
आसन्न १५औं महाधिवेशन समयमै सक्ने र त्यसका लागि अपडेट गर्नुपर्ने केही कामहरू बाँकी रहेको उनको भनाइ थियो । आफूहरू देउवालाई नै देखेर राजनीतिमा आएको गरेको स्मरण गर्दै उनले गुटबन्दीका पछि आफ्नो ध्यान नरहेको बताए । उनले आगामी महाधिवेशनमा महामन्त्री पदमा लड्ने तयारीमा रहेको र पछिल्लो घटनाक्रमले आफूभन्दा माथिल्लो पदमा प्रतिस्पधर्न गर्ने संकेत गरे । तर विसम परिस्थिीमा जुनकुनै पदमा पनि बस्न सकिने उनले उल्लेख गरे ।

















