काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइ वटा खेल हुँदै छन। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो र साढे ३ बजे दोस्रो खेल हुनेछ ।
पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । दुवै टिम प्लेअफमा पुगिसकेको छ ।
सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । विराटनगर ८ अंकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिमले क्वालिफायर खेल्ने पक्का भइसकेको छ ।
विराटनगरले आजको खेल ठूलो अन्तरले जितेको अवस्थामा उसले पनि क्वालिफालयर खेल्न सक्ने सम्भावना हुन्छ । त्यसो नभए उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नेछ ।
इलिमिनेटरमा जित्ने टिमले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफाइर हार्ने टोलीसँग फाइनलका लागि भिड्नेछ ।
दोस्रो खेलमा भिड्न लागेका चितवन राइनोज् र पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना गुमाइसकेका छन् । दुवैले प्रतियोगितामा अन्तिम खेल खेल्न लागेका छन्। २-२ खेल जितेर पोखरा र चितवन क्रमशः पाँचौं र छैटौं स्थानमा छ ।












