डडेल्धुरा । नेकपा एमालेबाट दुई पटक चुनावमा उठेर पराजित भए पछि अरु पार्टीको बैसाखी चढेर स्वतन्त्र उम्मदेवार भई एक पटक चुनाव जितेका डा. तारा जोशीलाई रास्वपाले उम्मेदवार बनाउदा स्वतन्त्रले नै उनलाई कडा ठक्कर दिने देखिएको छ । स्वतन्त्र चुनाव उठ्दा जितिन्छ भन्ने सन्देश दिएका डा.जोशीलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जेन्जी उमेर समुहबाट स्वतन्त्र उम्मेदवार गौरव ऐरले टक्कर दिईरहेका हुन । अहिले डा.जोशीको चुनाव चिन्ह घण्टीलाई स्वतन्त्र उम्मेदवार ऐरको चुनाव चिन्ह सुईले घोचिरहेको भान हुन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनले अहिले माहोल तातेको छ । डडेल्धुराको एक सिटका लागि १० वटा दल र तीन जना स्वतन्त्र उम्मेदवार गरि १३ जना उम्मेदवार चुनावि मैदानमा छन । देशभरी रास्वपा घण्टिको रापताप हुदा डडेल्धुरामा भने कांग्रेस सभापति शेरबहादुर देउवा यो चुनावमा चुप बस्दा अन्य पार्टीको रापताप बढेको देखिन्छ । २०४८ साल यताका सात वटै निर्वाचन जितेर देउवा पाँच पटक प्रधानमन्त्रीसमेत भए । देउवा अहिले उम्मेदवार नहुदा कांग्रेस कमजोर भएको कतिपयले आंकलन गरिरहेका छन ।
यद्यपी डडेल्धुरामा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बिच नै प्रतिशपर्धा हुनेमा जानकारहरु ढुक्क छन । कांग्रेस र नेकपाले हालसम्म कुनै निर्वाचनमा भाग नलिएकाहरु लाई उम्मेदवार बनाउदा एमालेले भने राष्ट्रियसभा सदस्य भईसकेकालाई उम्मेदवार बनाएको छ । कांग्रेसले नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष एवं केन्द्रिय सदस्य रहि पार्टीको शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेका नैनसिंह महरलाई उम्मेदवार बनाउदा नेकपाले तत्कालिन माओवादी केन्द्रका जिल्ला इञ्चार्ज मानसिह माललाई उम्मेदवार बनाएको छ भने एमालेले राष्ट्रियसभा सदस्य भईसकेका चक्र स्नेहीलाई उम्मेदवार बनाएको छ ।
संगठनका हिसाबले कांग्रेस बलियो छ । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले २०७९ को स्थानीय तहको निर्वाचनमा पाँच स्थानीय तहमा विजयी हासिल गरेको थियो । दुई स्थानीय तहको नेतृत्वमा, परशुराम नगरपालिकामा उपप्रमुखसहित बहुमत वडाध्यक्ष र अन्य स्थानीय तहका वडा अध्यक्ष र सदस्यमा बलियो उपस्थिति रहेको तत्कालीन माओवादी र एकीकृत समाजवादीलगायत दलहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी पनि सांगठिनक रुपमा कमजोर नरहेको देखिन्छ ।
घण्टीलाई घोचि रहेको स्वतन्त्रको सुई
जेन्जी आन्दोलनले २०८४ मा हुने निर्वाचन २०८२ मै हुन लागेको सर्वविदितै छ । भदौ २३, २४ गते भएको आन्दोलनमा ७६ जनाको गएको ज्यान, सिंहदरबार, सर्वोच्च अदालतलगायतका सयौ सरकारी कार्यालय, गाडी, व्यापारिक महल, होटेल, नेताका घरहरुमा आगो लगाईएपछिको माहोल साम्य पार्न शुसिला कार्कीको नेतृत्वमा सरकार गठन भई फागुन २१ गते चुनावको मिति घोषणा गरिएको थियो ।
आन्दोलनमा जेन्जीको नेतृत्व गर्नेहरु मध्ये अहिले केही रास्वपाबाट उम्मेदवार बनेका छन । तर डडेल्धुरामा भने जेन्जीको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेदवार गौरव ऐर उम्मेदवार बनेका छन । उनले मतदाता रिझाउन घरदैलौ अभियान तिब्र पारेका छन । उनीसंग जेन्जी युवाहरुको समुह छ । देशभर रास्वपाले जेन्जीको प्रतिनिधित्व गरेको उल्लेख गरे पनि डडेल्धुराबाट नेकपा एमालेका पुराना नेता डा.तारा जोशीलाई उम्मेदवार बनाएको छ ।
जोशी उनै हुन जो समाजवादी पार्टीबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार भई २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवार भएर जितेका थिए । २०७० सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट कांग्रेसका उम्मेदवार देउवासंग चुनाव उठेका ताराले ७ हजार १९० मत प्राप्त गरेका थिए । देउवाले २३ हजार ९२० मत प्राप्त गरि विजयी भएका थिए । देउवाका निटतम प्रतिद्धन्द्धि माओवादीका उम्मेदवार खगराज भट्टले १२ हजार ४९३ मत प्राप्त गरेका थिए । देउवासंग तेस्रो भएका जोशीलाई अहिले रास्वपाको रापताप छ भन्दै उम्मेदवार बनाएको कतिपयको बुझाई छ ।
देशमा संघियता लागु भएपछि २०७४ मा पहिलो पटक प्रदेशसभा सदस्यका लागि चुनाव भयो । यो चुनावमा जोशी एमाले पार्टीबाटै सुदूरपश्चिम प्रदेशसभा सदस्यमा क्षेत्र (ख)का उम्मेदवार भई नेपाली कांग्रेस डडेल्धुराका तत्कालिन सभापती कर्ण मल्लसंग प्रतिशर्धामा उत्रिए । कुल २६ हजार ६१६ मत खस्दा उनले १३ हजार ५७ मत प्राप्त गरि दोस्रो भए । मल्ल १३ हजार ४१३ मत प्राप्त गरि विजयी भए ।
२०७९ को प्रदेशसभा सदस्यको दोस्रो निर्वाचनसम्म आईपुग्दा नेकपा एमाले पार्टी फुटिसकेको थियो । जोशी एमाले फुटेर बनेको माधव नेपाल, झलनाथ खनाल नेतृत्वको पार्टी नेकपा समाजवादीमा पुगेका थिए । यो पार्टीले उनलाई टिकट नदिए पछि उनले स्वतन्त्र उम्मदेवारका रुपमा उम्मेदवारी दिए । जोशीसंगै एमालेका जिल्ला स्तरका अधिकांस नेता, कार्यकर्ताहरु समाजवादी पार्टीमा लागेका थिए । यसै बेला नेपाली कांग्रेस डडेल्धुरा पनि फुटेर नेपाली कांग्रेस वीपि बनेको थियो ।
समाजवादी पार्टीले जोशीलाई टिकट नदिएको भन्दै पार्टीका नेता, कार्यकर्ताहरु जोशीसंगै थिए भने कांग्रेस वीपिको नेतृत्व गरिरहेका मल्लले पनि जोशीलाई आफ्नो उम्मेदवारका रुपमा अघि सारे । फलस्वरुप यो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द बोहरा डा.जोशीसंग ४२५ मतले पराजित भए । स्वतन्त्र जितेका जोशी प्रदेशसभामा उपस्थित त भए, तर न उनका योजना अघि बढे, न उनले कुनै नीति नै बनाउन सके । प्रदेशसभामा गलित जोशीलाई जेन्जी आन्दोलनले प्रतिनिधिसभा सदस्यमा उठ्ने बाटो खुलाई दियो ।
वर्तमान सरकारका मन्त्रीहरुले राजनिमा दिदै आफ्नै पार्टी खोलेर, रास्वपामा प्रवेश गरेर वा स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिदा जोशी उर्जा मन्त्री कुलममान घिसिङको उज्यालो पार्टीमा प्रवेश गरे । यो बेलासम्म तत्कालिन नेकपा माओवादी केन्द्रले १६ वटा दलहरुसंग समहती गरेर नेपाली कम्युनिष्ट पार्टी बनि सकेको थियो । उनलाई २०७९ को प्रदेशसभा सदस्यको निर्वाचनमा सहयोग गर्ने नेकपा समाजवादी पार्टी पनि नेकपामा बिलए भईसकेको थियो ।
उनी घिसिङको उज्यालो नेपाल पार्टी बोकेर डडेल्धुरा पुगी समाजवादी पार्टीबाट नेकपामा फर्कि नसकेकोहरुको झुण्ड बनाई जिल्ला समिति पनि गठन गरे । उता घिसिङले उज्यालो पार्टी रास्वपामा गाँभे । जोशी पनि अब रास्वपाका सदस्य भए । दुर्भाग्य उज्यालो नेपाल पार्टी रास्वपामा गाभिएको १२ दिन पनि टिक्न सकेन । र घिसिङ रास्वपाबाट बाहिरिदै पुरानै पार्टी उज्यालो नेपालबाट आफ्नो उम्मेदवारी दर्ता गरे । तर जोशी डडेल्धुराको टिकट ताकेर रास्वपामा नै टाँसिए ।
यस अधि रास्वपाले जोशी लाई बारम्बार भेटेर पार्टी प्रवेशका लागि आग्रह गरेको थियो । रास्वपाका डडेल्धुरा समितिका एक पदाधिकारीका अनुसार रास्वपाका केन्द्रिय सदस्य धनगढी पुगेर जोशीलाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै वाता अघि बढाएको थियो । तर उनले पार्टीका सभापती रवि लामिछाने आफुभन्दा जुनियर भएको भन्दै आनाकानी गरेका थिए । अहिले भने उनी उज्यालो पार्टीबाट रास्वपामा गएर अरुको टिकससमेत खोसेको ती पाधीकारीके अरोप छ । रास्वपा डडेल्धुरा भित्र अहिले काम गर्ने कालु, मकै खाने भालु उखान प्रचलित छ ।
पार्टीबाट उम्मेदवार बन्दा दुई पटक हार व्यहोरेका डा.जोशीले वीपि कांग्रेस र समाजवादी पार्टीको बुई चढेर स्वतन्त्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभाको कार्यकाल दुई वर्ष अझै बाँकी छदै उनले राजिनामा दिएर देशभरी बालेनको रापतापमा आफुलाई सेक्न उज्यालो नेपाल पार्टीबाट रास्वपामा प्रवेश गरि टाँसिएको जानकारहरु बताउछन ।
२०७९ को निर्वाचनमा वीपि कांग्रेसलाई काधँ हालेका युवाहरु अहिले स्वतन्त्र उम्मेदवार गौरव ऐरको चुनावि अभियानमा होमिदा डा.जोशीको घण्टी चुनाव चिन्हलाई ऐरको सुई चुनाव चिन्हले घोचि रहेको छ । एका तिर तीन ठूला पार्टीका उम्मेदवार बिच प्रतिशपर्धा चलिरहदा डा. जोशीलाई स्वतन्त्रका उम्मेदवार ऐरले कडा टक्कर दिईरहेको मतदाताको भनाई छ ।















